Widgets

मलाई जनाधीकार चाहीयो, म पनी दल खोल्छु । 
खुलामन्चमा माईक लाउँछु, चर्को चर्को बोल्छु ।।
आफन्त साथीभाई, ईस्टमित्र सबै आउ मेरो पार्टीमा ।
नआउने को को छौ ? चन्दा देउ, नत्र भाटेकारवाही थाल्छु ।।

‘सबै आउ, देश लुटर खाउ’ यही पर्चा शहरभरी फाल्छु ।
साँझ नपर्दै, मान्छे बटुलेर, पुत्ला र मसालहरू बाल्छु ।।
ईट्टा उद्योग कब्जा गर्छु, पुलिसका टाउका फुटाउनुपर्छ ।
वार्तामा मरिगए बस्दिन, सडकबाटै सरकारलाई ढाल्छु ।।

त्यसपछि त मेरै दिन आउछन्, ढुकुटी खर्लप्पै खान्छु ।
आफ्ना र आफ्नाका आफ्ना सबैलाई सरकारमै तान्छु ।।
मोजमस्ती गर्छु, सत्ताको स्वाद लिन्छु, के जान्छ मेरो ?
खबरदार ! विरोध गर्नेहरू, पुलीस लगाएर गोली हान्छु ।।

त्यसैले, सत्ता मलाई चाहिन्छ, तुरुन्त सरकार हट्नुपर्छ ।
साथी हो ! मेरो पालो नआएसम्म, सडक बेस्सरी डढ्नुपर्छ ।।
खरबौँ धन हुनुपर्छ म संग, तैपनी सर्वहारा भनिनुपर्छ ।
दुई छाक नखानेहरू सामन्ती हुन्, तिनिहरु विरुद्द लड्नुपर्छ ।।

आफ्नै रचना !





Posted by :


comments powered by Disqus

4 Responses so far.

  1. mskhanal says:

    कबिताको ज्ञान म सँग छैन | त्यस्सैले लेखाइमा कमेन्ट गर्न सकिन | भाव राम्रो छ |

  2. कविता मिठास, सरल र भावात्मक त भएन । तर शब्दहरुले बर्तमान बोल्छ

  3. Abcd says:

    प्रयास गर्देछु, लेख्न सिक्दैछु । प्रतीक्रिया दिएर हौसाउनुभयो यहाँलाई धन्यवाद !

  4. Abcd says:

    म पनी सिक्दै गरेको हुँ ।

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya