Widgets


जनयुद्धकालमा प्रचण्डले बाबुराम भट्टराईलाई झण्डै सिध्याएका थिए। २०६१ को मंसिरमा पार्टी हेडक्वार्टरमा १३ बुँदे फरकमत दर्ता गराएपछी प्रचण्डले उनलाई कारवाही गर्दै श्रव शिविरमा पठाएका थिए। त्यसताका बाबुरामको जीवन सुरक्षाको लागी नेपाल देखी भारतसम्म आवाज उठेको थियो।
पछि बाबुराम भट्टराईमाथीको कारवाही फिर्ता भयो, बाबुरामकै सम्वन्धमा टेकेर माओवादीले भारतसंग केही हद सम्म सम्वन्ध सुधार्न सफल भएको थियो।त्यसयता पनि प्रचण्डले मोहन वैद्यको ग्याङतिर लागेर भारतलाई गाली गर्ने र भारत चाहिय फेरी बाबुरामकै फेरो समात्ने गरे। बाध्यताले बिचमा प्रचण्ड बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए। एमाओवादी पार्टी फुट्यो।
त्यस यता पनि मोहन वैद्य समुहले उनको पार्टी भित्र खेदो खन्ने गरेको थियो एउटा धोवीघाट घट्नालाई बिर्सने हो भने। उनलाई भारतको दलाल भन्ने गर्थे प्रचण्ड र वैद्यहरु। वैद्यहरु त अझै भन्छन् तर प्रचण्डले भने केही समय यता भन्न छोडेका छन।
माओवादी पार्टीले एउटा 'फड्को' मार्यो, बाबुरामले पनि मारे। कुनैबेला माओवादी पार्टीमा बाबुरामले गाली र अपमानित नभएको दिन हुँदैनथ्यो।बागमतीमा धेरै पानी बगिसक्यो र माओवादीको हिजोको इतिहास तिनकै नेता कार्यकर्ताले भुल्न थालिसके ।
माओवादीमा पहिले देखीनै प्रचण्डपछि दोस्रोतहको नेताको को भन्ने विषयमा विवाद रह्यो। प्रचण्ड प्रधानमन्त्री हुँदा ताका बाबुरामलाईसरकारको दोस्रो बन्न समेत दिएका थिएनन् प्रचण्डले। एमालेका उपाध्यक्ष बामदेव गौतमलाइ उनी भन्दा अघि राखिएको थियो।पार्टीमा बाबुरामलाई दोस्रो बन्न नदिन दिनरात वैद्य खेमाले अनके प्रपञ्च गरिरहन्थ्यो।
पार्टी फूटेर मोहन वैद्यहरु पाखा लागेपछि बाबुराई भट्टराई एमाओवादीमा पहिले भन्दा शक्तिशाली र प्रचण्डपछि दोस्रो नेता बनेरै छोडे।तर अब पुनः एकपटक बाबुराम भट्टराई विरुद्ध उनकै पार्टीमा षडयन्त्र शुरु भएको बताइएको छ।बाबुरामलाई सरकारमा लगेर धेरै खुइल्याइएको भन्दै पार्टीबाट सिध्याउन एउटा समुहनै लागेको स्रोतको दावी छ। उनलाई दोस्रो नम्बरबाट झार्न नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दसंग समेत कुरा पुगेको बताइएको छ। बाबुराम कताराबाट स्वदेश फर्कनु अगावै उनलाई पार्ने जाल तयार गरिन लागेको स्रोत बताउँछ। यसपटक प्रचण्ड भने प्रत्यक्ष सहभागी नरहेको बताइएको छ। बाबुराम विरुद्ध सोझै लाग्दा भारतले निहँ खोज्ने बुझाइमा प्रचण्ड रहेको बताइन्छ।
तर प्रचण्डकै विश्वासपात्र मानिने कृष्णबहादुर महरा यो खेलमा लागेको स्रोत बताउँछ।उनले नेत्रविक्रम चन्दा भन्दा अघि एमाओवादीकै ४-५ नेतासंग घनिभुत छलफल गरेको माओवादी नेताहरु बताउँछन । महराले प्रचण्डसंग केही समय यता ठुलो जिम्मेवारी माग्दै आएका छन्। उनले पहिले पोस्टबहादुर पोगटीलाइ महासचिवबाट हटाएर त्यो स्थान आफै लिने कोशिस समेत गरेका थिए । 
तर बाबुराम भट्टराईको कडा प्रतिवादपछि पछि हटेका महरा अब भने बाबुराम विरुद्धनै लागेको बताइन्छ।
नेत्रविक्रम चन्द नजिकको स्रोतले पनि कृष्ण बहादुर महराले एमाओवादीमा फर्किए बाबुरामलाई धकेलेर प्रचण्डपछीको दोस्रो नेता बनाइदिने प्रस्ताव आएको जनाएको छ। महराले चन्दलाई बाबुराम अब भारतको दलाल भएको पुष्टि भइसकेकाले अब उनलाई हटाउन ढिला गर्न नहुने बताएको स्रोतले दाबी गरेको छ।


-नेपालीहेडलाईन्स !





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya