Widgets



१३ बैशाख- पुरुषलाई बलात्कार गर्ने महिला ग्याङस्टरको कथा उठाएपछि अचेल चलचित्र ‘ब्ल्याक नाइट’को राम्रै चर्चा भइरहेको छ। यसका पोस्टर र केही गीत सार्वजनिक भएपछि ‘बास्न लागेको भाले शिकार’ गर्ने ‘पोथी’हरू पनि दर्शकको नजरमा परेका छन्। तीमध्ये एक हुन्, अप्सरा घिमिरे।
यसअघि शुक्रवार साप्ताहिकका लागि रातो पहिरनमा कामुक अदा छरपस्टै हुने तस्बिर खिचाएर दर्शकको मन तातो बनाइसकेकी थिइन् उनले। त्यसैमाथि केही समअघिमात्रै सार्वजनिक भएको उनी अभिनीत पहिलो फिल्म ‘ब्ल्याक नाइट’को ‘चोलीको नाप हात न बित्ता’मा त्यस्तै पहिरनमा शिकारी नजरियामै नाचेपछि उनीमाथि झन् धेरैले नजर लगाएको हुनुपर्छ।चलचित्रमा पनि उनको काम गतिलै रहेछ भने त यी पृथ्वीकी अप्सरालाई मायाजालमा फसाउन चाहने थुप्रै हुनेछन्।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya