Widgets

Author : Govinda Baniya.







कतिपय किताव,पत्रीका,चलचीत्र,सामाजिक संजालहरू तथा अन्य कहीँ कतै प्रेम तथा यौन अनी सेक्ससम्बन्धी कुराहरु देखीरहेका छौँ । यसवीचमा पत्रकार किशोर नेपालद्वारा लिखीत शहरको कथा उपन्यास पढ्ने मौका पाएँ यसमा तितोयथार्थलाई उठाएका छन्  उनले ।  यो सहरलाई शब्दमा उतारेका छन् । हामी देखेका , भोगेका छौँ तर उनले लेखेका छन् । जिवन थाम्न के गरेका छैनन यो सहरमा मान्छेहरुले यसलाई मुर्त रुपबाट उनले उठाएको देखेपछि केहि शब्द त्यसैमाथि थप्दै छु ।

उनले आफ्नो उपन्यासमा समेटेजस्तै जिवन थाम्न यहाँ  एउटी नारी अस्मिता बेचेकी छ , आफ्नो शरिर बेचेकि छ । कतिले जानेर तथा कतिले नजानेर । एउटा पुरुष आफ्नो ईमान बेचेको छ विश्वास तोडेको छ । जानेकी बुझेकी एउटी विवाहित नारी आफ्नो श्रीमानको पछाडी परपुरुषसंग सम्बन्ध राखेकी छ । अविवाहित पढ्दै गरेकी युवती दाईका पछाडी भाईका पछाडी दिदिका पछाडी बहिनिका पछाडी तथा  सारा परिवारका पछाडी अनेकौँ संग प्रेम गरेकी छ सेक्स गरेकी छ । आफ्नो कुमारित्व लुटाएकि छ धेरेसंग । मात्र यौनलाई खुला गर्ने नाममा अहिले भन्ने गरिन्छ यौनका बिषयमा खुलेर कुरा गर्नुपर्छ । तर यसले केहि विकृतिहरु पनि निम्ताएको छ आज खुलेर बोलीने भनीने, सेक्स गर्नलाई कुन ठुलो कुरो भो र भन्ने हरु पनी यही छन् । यहाँ धेरै प्लेब्वाई अनी प्लेगर्लहरु जन्मिएका छन । प्रेमलाई मात्र सेक्सका रुपमा लिन थालिएको छ यहाँ । सेकस् आज निकै सामान्य बनेको छ भने एकातिर व्यापार बनेको छ अर्कातिर योग्यता । आफ्नो देह बेचेर पालिने अनी सेक्सका लागी प्रेम गर्नेको संख्या धेरै छ  । यसले समाजमा धैरै कुमारी आमा बनाईरहेको छ भने प्रेमको अर्थ बदलेको छ । केहि समाचारहरु मात्र हामि सुन्न पाउछौँ तर लुकेका घटना धेरै छन् ।



सेक्स सामान्य बन्दै जाँदा यहीँ केहि नाम चलेका महिला कलाकारहरू कुरो मिले जो संग सेक्स गर्दा पनी फरक पर्दैन भन्छन । यहि ‍देशका सभासद युवतीका साथ रेष्टुरेण्टमा भेटिन्छन । सेना प्रहरी तथा ड्राईभरहरू सेक्सका लागी प्लेब्वाई बनेका छन् ।  सेना प्रहरी तथा ड्राईभरहरूसंग डराउछन् कत्ती कत्ती यूवतीहरु । एउटा कुनै संस्थामा संगठनमा वा महिला पुरुष धैरै नजिक हुने ठाँउमा सेक्स हुन्छ बलात्कार हुन्छ । सेक्सलाई समहतीमा भएको मानीन्छ भने बलात्कारलाई जवरजस्तीका रुपमा लिईन्छ । यहाँ महिला अधीकारकर्मी बलात्कारलाई लिएर आवाज उठाउने गरेका छन कतै कतै तर एउटी नारी धैरै पुरुषसंग सम्बन्ध राख्छे । सेक्सका लागी सहमत हुन्छे यसले पनी समाजलाई विकृत गरको छ तर आवाज कसले उठाउने र यसको अर्थ पनी के...? यो समाजमा जति प्लेब्वाई छन् त्यसको दोब्बर तुलनामा प्लेगर्लहरु छन् । मात्रै सेक्सका लागी प्रेम गर्ने नारिनै बढि छन् । सेक्स यती सामान्य बनेको छ यसलाई पानीको रुपमा लिन सकिन्छ जतिबेला तिर्खा लाग्यो मागेर पिउन सकिन्छ । कतै पैसा तिरेर कतै सित्तैमा ।







नेपालमा सेक्स सामान्य बन्नुका कारण ;
१ सेक्सका बिषयमा प्रचार प्रसार ब्यापक हुनु ।
आजभोली सेक्सका बिषयमा सामाग्रीहरु बजार सर्वत्र पाईन्छन् । कतै फील्म त कतै पत्रीका अथवा किताव । यि सामाग्रिहरुमा सेक्सलाई त यती सामान्य रुपबाट लिएको छ कि जसको कुनै  महत्व छैन ।
२ मोबाईल फोनको सुविधा ।
आजभोली मोवाईल फोनबाट सम्बन्ध बनाउनेहरु धेरै छन् ।परिचय लुकाएर मोबाईलको अनावस्यक दुरुपयोग गर्ने अनी सेक्सका लागी प्रेम गर्ने हरु पनि छन्। प्राय प्लेब्वाई वा प्लेगर्ल भणिने हरुसंग धेरै मोबाईल नम्बरहरु हुन्छन् ।
३ ईन्टरनेट सेवा ।
यो यूगै ईन्टरनेटको भयो, सबै काम ईन्टरनेटमा साथी बनाउने यौनससाथी बनाउने । हुँदा हुँदा आजकल त अनलाईन सेक्स पनी निकै प्रचलत भईसक्यो ।
४ गर्वनिरोधक सामाग्रिको उपलब्धता ।
सेक्स गर्दा हुनसक्ने खतरामा पहिलो खतरा गर्व रहने हुन्छ । गर्वनिरोधक सामाग्रिको प्रयोग गर्दा यो खतरा टर्ने भएकाले पनी कण्डम तथा अन्य सामाग्रिको प्रयोग गर्दा सुरक्षीत हुने भन्दै सेक्सलाई सामान्य  रुपमा लिईएको छ ।
५ यौनरोग बाट बच्ने औषधिको प्रयाप्तता ।
सेक्सबाट हुने अर्को खतरा यौनरोग यसका लागी बजारमा अहिले थुप्रै सामाग्री पाईन्छन ।

एउटा केटि जसलाइ म चाहन्छु उ मलाई विश्वासै गर्दिन सधै उसको जवाफ I Can’t trust any boys & u r also Boy So….. हुन्छ यसरी यही सेक्सले मानविय संबन्धलाई पनी टाढा बनाएको छ । यो त एउटा उदाहरण मात्र हो एउटा यूवक र एउटी युवती बाटोमा संगै हिँड्दा हामी धेरै कुरा सोच्छौँ उनिहरु दिदीभाई किन नहुन् । हाम्रो सरकारले निकालेको एउटा आँकडामा महिलाको पहिलो सेक्स हुने उमेर १३ देखि १५ देखाईएको छ । भने पुरुषको १५ देखी १७ उता यौनसम्बन्धि जानकारहरु ९० प्रतीशतले विवाहअगाडी सेक्स गर्ने गरेको कुरा जानकारी गराउछन् । यसले वैवाहिक जिवनलाई पनी असर पक्कै गर्छ । अनी सुहागरातको महत्व पनी आजकल कम रहेको बताउने पनी धेरै छन् । सुहागरातको दिनमा पहिलो सेक्स हुन्छ भन्ने कुरा आजभोली झुटो प्राय बनेको छ ।






सामान्यत; सेक्स दुई कारणले गरिन्छ भन्ने मान्छौव हामी । पहिलो सन्तान ऊत्पादन भने दोस्रो शारिरिक आनन्द । आजकल सानो परिवार सुखि परिवार भन्ने नाराले सन्तान उत्पादनका लागी गरिने सेक्सलाई ठूलो मात्रामा घटाएको छ । भने उता प्लेब्वाई प्लेगर्ल भन्नेहरुको जन्मले शारिरिक आनन्दका लागी गरिने सेक्स ठुलो मात्रामा बढाएको छ । सामान्य मुल्याङ्कनमा प्लेगर्ल बन्नेहरु सोच उच्च भएका महिलाहरु हुन्छन् । सायद मध्यम तथा सामान्य परिवारका बढी । भने प्लेब्वाई भनिनेहरुमा उच्च नाम पाएका मान्छेहरु कित गोजीमा गाँठ भएकाहरु ।  कोही मान्छे यहाँ एकजनासंग एकपटक मात्र सम्बन्ध राख्न पनी चाहन्छन् र गर्छन् पनी त्यस्तै । आज कति परिवार हरु तोडिएका छन् , कती सम्बन्ध टुटेका छन् मात्र यही सेक्सका कारण एउटा केटी आफ्नो नजिकको साथीलाई पनि विश्वास गर्न नसक्ने अवस्थाम पुगेकि छ । कोहि नियतले अनावश्यक सम्बन्ध राख्छन् भने कोही बाध्यतामा मुख्यत कुनै सम्बन्धमा सेक्स अपिल गर्न पुरुष नै अघि सर्छ । र महिला कोहि चाहेर पनी नाईनास्ति गर्छन भने कोही साँच्चिकै यसरी साँच्चिकै नाईनास्ती गर्नेहरू बाध्यतामा परेको जस्तै हुन्छन जहाँ पुरुषले विश्वासको सम्बन्धको प्रश्न राखेर बाध्य बनाउछ । लामो समयसम्म चाहनालाई लुकाउन सक्नेहरू आजकल कमै भेटिन्छन किनकि उनिहरुले सेक्सलाई सामान्य रुपबाट लिएका छन् ।

यो त विवाहअगाडिको कुरा जुन सेक्सलाई अवैधप्राय मानिन्छ । अव कुरो विवाहित तथा विवाहिताको , विवाहपछाडीको अनावस्यक सम्बन्धलाई परपुरुष वा परस्त्री सम्बन्ध भन्छौँ । परिवारदेखी वाहिर रात विताउनुपर्ने बाध्यता भएका परिवारमा  परपुरुष , परस्त्री सम्बन्ध आज ठुलो समस्याका रुपमा देखीएको छ । यौनचाहना स्वभाविक हो तर सामान्य होईन । यौनचाहना सबैमा हुन्छ, तर चाहना हुँदैमा अनावश्यक सम्बन्ध राख्नैपर्छ भन्ने होईन । समाजमा श्रीमान परिवारदेखि टाढा छ भने त्यो श्रीमतिले आफ्नो चाहनालाई कुनै पुरुष सँग मेटाएकी छ भने ऊता पुरुष पनि त्यस्तै । यसरी परपुरुष तथा परस्त्री सम्बन्ध पनि भयानक समस्या जसले कैयौँका परिवार विचलनमा परेका छन् । यसको एउटा मात्र कारण सेक्सको सामान्यीकरण हो ।



मनोरन्जन क्षत्रमा रुची भएर काठमाडौमा आएका यूवतीहरुको अवस्थाको बारेमा समाचार त पहिल्यै नै आईसकेको छ । चलचित्रमा लगाउने नाममा यूवतीहरु आफ्नो शरिर सुम्पिन्छन् । काठमाडौ तथा ठुला सहरका कुरा गर्ने हो भने जागिर खान आउनेहरुको अवस्था त्यस्तै त्यस्तै नै होला सायद कार्यस्थलमा गरिने यौनहिँसा भन्छन जसलाई महिला अधिकारकर्मीहरु । यो हिँसा सायद नहोला महिलाहरु कुनै जागिरका लागी शरिर नसुम्पिने हो भने समस्या नबन्ला तर यो कार्यस्थलमा हुने सेक्स पनी आजको समस्या जस्तै हो ।  जुन आज एउटा योग्यता बनेको छ । यो योग्यता पुरा गर्न सक्ने महिलालाइ कुन पुरुषले जागिर नदेला र....? सहमतीमै सेक्स भएपनी  कण्डमको प्रयोग नगरेको भन्दै ठमेलमा एक ब्यबसायीमाथी मुद्दा दायर भयो । जसलाई बलात्कार भन्छन कतिले बाहिर आउने बलात्कारका घटनाहरु पनी यस्तेनै हुन्छन् ।
सामान्यिकरण ‍हुँदै गएको यो सेक्सले महिला पुरुषको सम्बन्ध खाली यौनसम्बन्धको मात्र हो भन्ने अवस्था सम्म पनी श्रृजना हुन सक्ने छ । यसको शुरुवात भईसकेको छ ।  सेक्ससम्बन्धी यस्ता समस्या द्वन्दपछिको देशमा देखिन्छन् नै । बरु द्वन्दको अन्त्य हुन्छ तर यसको ठ्याक्कै समाधान र उपाय केही छैन होला सायद, फस्टाउदै गईसकेपछि । ईमान्दारीता मात्र यसको उपाय हुन सक्ला । नत्र भोली कार्यलयमा, कलेजमा बजारमा घरमा गाऊमा सबैतिर ठमेल र चोभार देखीने छ । नेपाल सबै साँझको रत्नपार्क नबन्ला भन्न पनी सकिन्न । र यसले कतिलाई रुवाएको देखिनेछ ईमान र विश्वासमा संकट लागिसकेको छ  । र भोली के थाहा विवाह गर्नुपर्ने आवस्यकता समेत नरहन सक्छ । आजै नेपालकै अविवाहित कलाकार भन्दै हिँडेका छन् अरुको भैँसिको दुध खान पाईन्छ भने आफै भैँसी किन किन्नु भोली यही अवस्था सबैमा लागु नहोस ।
मैले सेक्सलाई नकरात्मक नराम्रो गर्नै नहुने काम भन्न खोजेको पटक्कै होईन तर कुरा के मात्र हो भने आज समाजमा अवैध रुपबाट हुने गरेको सेक्सले समाजलाई विकृत गराएको हामिलाई थाहा छ । र यो कुरा सबैमा लागु छ भनेको पनी होईन तर यसरी नै खुला हुँदै जाँदा त्यो अवस्था त पक्कै आउछ । एउटी केटिलाई सेक्सकै लागी पिछा गर्ने धेरै हुन्छन । यसले समाजकी त्यो केटिको जिवन कता जान्छ । हाम्रो नेपाली समाजमा केटाहरुले जे गरेपनी सामान्य रुपमा लिने प्रचलन पनी छ । विवाह गर्दा हामी सकभर कसैसंग सम्पर्क नभएको केटिनै आस गर्छौ , विवाहपछिको जिवन सुखि बनाउन तर आज यही समाजमा त्यस्ता केटी को पाउछस आजकलको जमानामाभन्छन । यस्तो हुनुको कारण अवैध रुपबाट गरिने सेक्सनै हो । एउटा केटा मान्छे जो विवाहअगाडी धेरै केटिसंग सम्बन्ध राखेको छ उसले नै यस्ती केटी चाहन्छ जसले पहिला कुनै सम्बन्ध नराखेकी होस्  । अनी कहाँबाट मिल्छ । कती  विवाहपछिका सम्बन्ध तोडिएका छन् । मात्रै नाजायज सम्बन्धका कारण । एउटा विवाहित पुरुष आफ्नी घरकी श्रीमती भन्दा परस्त्रीसंग धेरै रात बिताएको छ । एउटी यूवती एकदर्जनको संख्यामा प्रेमी बनाएकी छ । एउटा युवक प्रेमिका बदलेको बदलै छ । यस्ता धेरै कुरा भएका छन जुन नहुनु पर्थ्यो । यसको एउटै कारण सेक्स किन बनेको छ यो महत्वपुर्ण सवाल हो । दुखलाग्दो कुरो केहिको सँख्यामा भएका साँच्चिकै प्रेम गर्नेहरुको समबन्ध समेत भताभूङ्ग भएको छ । नेपाली मनोरन्जन क्षत्रलाई हेर्नुहुन्छ कतिका परिवार बिग्रिएको छ कति भ्रमले त कती नियतले भर्खरै मात्र हामिलाई दुखी बनाएको घटना अन्जु पन्तकै डिभोर्स पनी यहि कारण अविश्वासमा पुगेर भएको थियो । कुनै मन परेको मान्छेलाई प्रस्ताव राख्दा केटा भएकै कारण अस्विकृत हुन्छ । यि र यस्ता समस्याले ठुलो रुप लिनुभन्दा पहिलेनै आफू आफुमा ईमान बनाउनु आवश्यक हुन्छ । होईन भने भोली श्रीमतीले श्रीमानलाई प्रेमीले प्रेमीकालाई किन विश्वास गर्लान .....?
यो खुल्ला हुँदै गएको सेक्स सकारात्मक या नकरात्मक.......?








Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya