Widgets

Posted By : Govinda Baniya



लोकमानको नियुक्ती र शपथ वारे बाहिर अनेक टिका टिप्पणी भइरहेपनि नियुक्ति वारे ढुक्क लोकमानसिंह कार्कीले मंगलवार राती नै भोज गरेका थिए । कार्कीले केही दिन पहिले मात्र आफ्नो ग्रह कटाएर पुरेतलाइ दान दक्षिणा दिएका थिए ।
Lokmanshing karkiमध्यबानेश्वर स्थित कार्की निवासमा मंगलवार सम्साझै चहल पहल सुरुभएको थियो । रात्री भोजका लागि केही प्रभावशाली नेताहरुलाइ आमन्त्रण गरिएको थियो । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सिद्धाएर काग्रेस महामन्त्री कृष्ण सिटौला पनि लोकमानको घरमा पुगेका थिए ।
प्रधानन्त्री निवास वालुवाटारमा भएको चारदलीय राजनीतिक संयन्त्रको बैठक सकाएर आएका सिटौलाले लोकमानको दैलोमा पुग्दा वित्तिकै बधाइ भनेका थिए । स्रोतका अनुसार ‘बालकोट’ शक्ति केन्द्रका एकजना विश्वास पात्रपनि कार्कीको निवासमा पुगेका थिए, सिटौला भन्दा पहिलै ।
सिटौला सोफामा बस्न नपाउदै लोकमान आफैले विदेशवाट आएको ह्वीस्कीको बिर्को फोरेका थिए, तर सुगर रोगका विरामी कृष्ण सिटौलाले खाएनन । बरु कृष्ण सिटौलाको गाडीमा आएका नेपाली भाषा नबुझ्ने एक कालोवर्णका अपरिचित व्यक्तीले दुइ प्याक लगाए ।
सिटौला कार्कीको घरपुगेपछि विजयकुमार गच्छेदार र कार्कीबीच केहीबेर टेलीफोन वार्ता भएको थियो । सुरक्षा उच्च स्रोतका अनुसार गच्छेदारले सरकारमा रहदा गरेको अनियमितता बारे कुनै कुरा गर्न नपाइने सर्त राखेका थिए ।
लोकमानको घरवाट राती दश बजे निस्किएका सिटौला सिधै राष्टपति कार्यालय शीतल निवास हानिएका थिए । राष्टपतिसंग मबुधवार नौ बजेका लागि लोकमानको शपथको समय मिलाएर सिटौला मध्यरातमा घर फर्कीएका थिए ।
सिटौला गए राती नै कांग्रेस सभापति सुशील कोइरालाको निवास पुगेका थिए । केही गोप्य कुरा गर्नु पर्यो भन्दै सिटौला मध्यरातमा सभापति भेटन जाने गरेका छन । गृहमन्त्री रहेको समयमा सिटौलाले तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाललाई राती दुइ बजे उठाएर एउटा कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।
कार्कीको नियुक्तिसंगै सुडानको डार्फरमा प्रहरीको बन्दोबस्तीका सामाग्री खरिदमा भएको ‘सुडान घोटाला’ काण्डमा सिटौलाले सधैका लागि क्लिन चिट पाउने छन । सिटौलाको 'ओभर' सक्रियताप्रति कांग्रेस सभापति कोइराला भने रुष्ट बनेका छन् ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya