Widgets


सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गर्ने भारतीय आपराधिक समूह रहेको तथ्य खुलेको छ । उक्त समूहसँग बाबुराम भट्टराई सरकारका गृहमन्त्री विजयकुमार गच्छदार पनि नियमित सम्पर्कमा रहेको पाइएको छ । त्यसैले तात्कालीन गृहमन्त्रीकै सहयोगमा उक्त हत्याकाण्ड भएको हुनसक्ने प्रहरीले अनुमान गरेको आजको दृष्टि साप्ताहिकमा खबर छ । हत्यापछि तात्कालिन गृहप्रशासनले गरेको व्यवहार र सुरक्षा निकायले अनुसन्धानमा गरेको ढिलाईले पनि यस आशंकालाई बल पुर्या‍उछ । 
bijay kumar gachhdarप्रहरीको विषेश टोलीले दुरसञ्चारको कल डिटेल्स अध्ययन गर्दा गच्छदारसँग नियमित रूपमा कयौपटक भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग भएको तथ्य नै फेला परेके छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सिआइबी) उच्च स्रोतका अनुसार गच्छदारसँग बब्लुले मोबाइल नम्बर ००९१९८११३८६६५१ र ००९१९००५७७४७०५ बाट कयौ पटक सम्पर्क गरेका छन् ।  यसबाटै गच्छदारले प्रयोग गर्ने मोबाइल नंम्बरमा कैयौ पटक कुराकानी भएको तथ्य प्रहरीको कल डिटेल्सबाट पत्ता लगाएको हो ।  यो कुराकानी गराउने काम डब्लु भन्ने दीपक शाहीले गराएको प्रहरी स्रोतको दाबी छ । 
बमको हत्या हुनुअघि  सातपकटसम्म शाहीले तत्कालीन गृहमन्त्री गच्छदारसँग गृह मन्त्रालयमै भेटघाट गरेको पनि प्रहरी स्रोतको दाबी छ । 

-सेतोपटीबाट





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya