Widgets

Posted By : Govinda Baniya

मलेसियामा सुरु भएको अन्डर १९ एसीसी एलिटकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको किनारा ओभलमा भएको शुक्रवार भएको पहिलो खेलमा नेपालले कुबेतलाई ८४ रनले पराजित गरेको हो ।
नेपालले दिएको लक्ष्य १ सय ९४ रनको लक्ष्य पछ्याएको कुबेत ३६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । कुवेतका लागि साहरुख कुडुसले नटआउट सर्बाधिक ३६ रनको योगदान गरेपनि हार टार्न सकेनन । यस्तै कुवेतका लागि फैजानले २१ तथा मोहमद वासिफले ११ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रन जोडेको थियो । नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक ४६, सुशान्त भारीले २८, पवन श्रेष्ठ र हरिशंकर शाहले समान २३-२३ र इर्शाद अहमदले नटआउट १८ रनको जोडे । यसैगरी निश्चल पाण्डेले १०, प्रेम तामाङले ६, अभिनाष कर्णले ३ तथा निर्मल थापाले १ रन जोडे । कप्तान भवन कार्की भने खाता नै नखोली पेभिलियन फर्केका थिए । चार पटकको बिजेता नेपालले बैशाख २२ मा कतार, २३ मा बहराईन र २५ गते मलेसियाको सामना गर्ने छ ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya