Widgets

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना ‘डन’विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिषेक गिरी, परशुराम बस्नेत, चक्रे मिलन, दीपक मनाङे र गणेश लामाबिरुद्ध सरकारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सम्पत्तिको स्रोत खुल्न नसकेपछि  विभागले पाँच डनलाई पक्राउ नै नगरी मुद्दा चलाउने तयारी गरेको थियो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।
अभिषेकसँग २ करोड ९४ लाख, परशुरामसँग ११ करोड ६१ लाख, चक्रेसँग ७ करोड ८ लाख र दीपकसँग १४ करोड ७३ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति भएको भन्दै विभागले मुद्दा दायर गरेको हो । गणेश लामाको अवैध सम्पत्ति रकम खुलेको छैन।


सेतोपाटी !





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya