Widgets

कृष्ण सिवाकोटी भन्ने एक जना डिएसपी छन् । हुन त नेपालमा धेरै डिएसपी छन, सबै त  चिनेर साध्य पनि छैन । तर, यहाँ उल्लेख गर्न खोजिएका डिएसपी भने सबैले चिन्न सक्छन किनभने उनी कलाकार पनि हुन् । सिवाकोटी हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’ लगायतका अन्य कार्यक्रममा ‘इनेस्पेक्टर’को भुमिकामा आकाल झुक्कल देखि रहन्छन् । अझ, उनी युद्धकालका भगौडा प्रहरी हुन तर सोर्स फोर्स लगाए पछि कस्ले पो रोक्न सक्छ र ? फ्याटटै पुर्नवहाली भई हाल्यो । जनआस्था साप्ताहिकले सुजता कोइरालालाई पैसा खुवाएर सिवाकोटी पुर्नवहाली भए भन्ने सम्म लेखेको थियो । उनै सिवाकोटी हिजो शुभम पार्टी प्यालेस, कालो पुलमा अचानक देखा परे । बर्दी र फुलीसहित देखा परेका सिवाकोटी पुर्व सभासद गायत्री साहको बिहे भोज खान पुगेका थिए । बर्दीमा नै रक्सीको गिलास बोकेर सिवाकोटी नाँच्न थाले पछि तमासेलाई चाख त स्वभाविक रुपमा लाग्ने नै भयो ।

बर्दीमा नै रक्सीको गिलास बोकेर सिवाकोटी उभिए पछि अरुलाई भने निकै अनौठो लाग्यो । कम्तिमा नेपाल प्रहरीले इज्जत साथ लाउन दिएको बर्दी रक्सी र भोज खाने बेला प्रयोग गर्ने त होइन नी, त्यो बर्दीका आफ्नै महत्व हुन्छ । ड्युटी भन्दा बाहिर सो बर्दी लाउन मिल्दैन तर सिवाकोटीलाई रक्सी लागे पछि के को मर्यादा, के को बर्दीको महत्व वुझ्न सक्ने सामाथ्र्य राख्छन् र ? न त नियम कानुनका कुरा ? जे होस्, सिवाकोटीजीले राहादानी दुरुपयोग गरेको अभियोग लागेकी सभासद गायत्री साहको बिहेमा भने रक्सीको तालमा निकै तामझाम देखाए । 

बर्दीमा नै रक्सीको बोतल, त्यसमा पनि बिहे भोजमा ? यो दृश्य हेरिरहेका थिए, मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतले । सिवाकोटीलाई सरम लागेछ क्यारे, उपेन्द्र यादब तिर हेर्दै सिवाकोटीले भने, ‘यसो रमाइलो गरेको नी ।’ यादवले पनि बिहे भोजमा आएर पनि के टाउको समाएर बस्नु भन्दै सिवाकोटीको संकोचलाई ख्याल गर्दै भने, ‘इन्ज्वाय् गर्नुहोस् ।’ त्यसपछि राजाको फुकेको राँगो झै भइहाले, सिवाकोटीजी बिहे भोजमा । 
हुन त सिवाकोटी, पुर्नबहाली भए लगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहट (चन्द्रनिगाहपुर)मा खटिएका थिए । उनले रौतहटका मोटरसाइकल चोरलाई च्याप च्याप समाए र ठिंगुरामा हाले । सिवाकोटीले मात्रै काठमाडौंवाट चोरी गरेर लगिएका १ सय भन्दा मोटरसाइकला समातेका थिए र गिरोहमा संलग्नहरुलाई जेलमा कोचेका पनि थिए । न त्र रौतहटका भित्री गाउँमा ३०–४० हजारमा नै पल्सर पाइन्थ्यो, त्यो पनि फालाफाल हुने गरी । उनले गिरोहलाई नै समाते पछि आजकाल चोरिएका मोटरसाइकल रौतहट पुगेको सुनिएको छैन । सोही कारण पनि हुन सक्छ, सिवाकोटी पुर्नवहाली भएको केही बर्षमा नै एकदम छिटो गरी बढुवामा परे । तर चन्द्रनिगाहपुरमा हुदाँ उनै सिवाकोटीले पाएको वाह, वाह हिजो राती भने सिध्याएको जस्तो लाग्ने गरी दृश्य देखाई दिए । सिवाकोटीको दृश्य अलि गजब नै थियो, सबै त के लेख्नु ? भैगो । 
बिबाह बन्धनमा बाँधिएकी पुर्व सभासद साह





नेपाली जनता दलका अध्यक्ष हरीचरण साहकी छोरी समेत रहेकी गायत्रीले भने सञ्जय साह (टकला) का एक नातेदारसँग बिबाह गरेकी हुन् । गायत्रीका श्रीमान गौशाला तिर गेष्ट हाउस संचालन गरेर बस्छन भन्ने पनि बिहेमा नै सुनिएको हो, ठयाक्कै के गर्छन चाँही भन्न सकिएन् । जे होस, हिजो एक जना पुर्व सभासदको बिबाह धुमधामसँग भएको छ ।
सोही भोजमा राजेन्द्र महत्तो नेतृत्व सदभावना पार्टीका सर्लाही अध्यक्ष प्रमोद साहले पिटाई खाएको प्रसङ्ग पनि उठयो । तराईका जिल्लामा भ्रष्टचार भएको भन्दै निरन्तर अनसनमा रहेका महत्तोका पार्टीले हिजो तराई–मधेस बन्द आब्हान गरेकोे थियो । ‘सरकारमा रहुन्जेल केही नबोल्ने र कारबाही प्रक्रिया पनि नथाल्ने तर सरकारवाट हटेको दुई दिन भएको छैन भ्रष्टचार भयो भन्दै जनतालाई दुःख दिने गरी बन्द गर्ने ?’ भन्दै मंलगवामा स्थानीयबासीले नमज्जैसँग कुटपिट गरेका हुन् । साहसँगै अर्का जिल्ला नेता जयनन्दन महत्तोले धुलाई खानेमा परेका रहेछन् । सो प्रसङ्ग पनि सोही भोजमा उपेन्द्र यादवले नै उठाइ दिए । ‘राजेन्द्रजी आफुलाई मधेसको मसिहा भन्दै हिडनु भएको थियो, उनकै जिल्लामा जनताले उनकै अध्यक्षलाई कुटपिट गरेछन’ भन्दै उपेन्द्र यादव हाँसे । त्यो हाँसोमा अनिल झा, रामनरेश यादव पनि मिसिदै गए । 















-प्रकाश तिमल्सिनाको ब्लगबाट





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya