Widgets


२२ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको होक्सेबजार गाविसका सर्वसाधारण नागरिकहरुको मृगौला बेचविखन गर्ने कार्यमा संलग्न १० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । तर मूख्य अभियुक्तहरु भने अझै फरार छन् ।
जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरि प्रहरीले अभियुक्तहरु सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेको होक्से गाविस वडा नम्बर १ का प्रेम बहादुर बजगाई, पनौती नगरपालिका वडा नम्बर ९ का मनोज राउत, काभ्रे गाविस वडा नम्बर ४ का सुमन श्रेष्ठ र पाँचखाल गाविस वडा नम्बर ६ का राजन दर्जी रहेका छन् ।
त्यस्तै नुवाकोट जिल्ला मदानपुर गाविस वडा नम्बर १ का मिना दर्जी, सोहि वडाका कृष्ण बहादुर दर्जी, ललितपुर उपमहानगरपालिका वडा नम्बर २१ का सचिन महर्जन, वडा नम्बर ११ का सानुलाल महर्जन र तनहुँ जिल्ला मिर्लुङ्ग गाविस वडा नम्बर ३ का कुमार अधिकारी रहेको काभ्रेका प्रहरी प्रमूख, प्रहरी उपरीक्षक कमल बहादुर घर्तीले बताए । पक्राउ परेका मध्ये प्रेम बहादुर बजगाई पूर्पक्षका लागि थुनामा छन् भने राउत ३५ हजार धरौटीमा छुटेका छन् । 
पक्राउ परेको सबै अभियुक्तहरुलाई मानव बेचविखन तथा ओसार पसार ऐन २०६४ अनुसार मुद्दा चलाइने प्रहरी उपरीक्षक घर्तीले बताए ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya