- Back to Home »
- ent_news »
- धुम मचाऊँदै, नेहा धुपीया
पूर्वमिस इन्डिया तथा बलिउड नायिका नेहा धुपियाले पहिलोपटक मूलधारभन्दा बाहिरको फिल्ममा काम गरेकी छिन्। उनले पहिलोपटक पञ्जाबी फिल्ममा काम गरेकी हुन्। उनी यो फिल्मलाई लिएर अत्यधिक उत्साहितसमेत रहेको एजेन्सीले जनाएको छ।
नेहाले पहिलोपटक पञ्जाबी फिल्म रंगीलेमा काम गरेकी हुन्। सन् २००३ मा रिलिजमा आएको फिल्म कयामत सेबाट बलिउडमा प्रवेश गरेकी नेहाले यो पञ्जाबी फिल्ममा खेलेर जीवनकै ठूलो नौलो अनुभव गरेको एजेन्सीलाई बताएकी छिन्। ‘रंगीलेमा काम गरेपछि जीवनकै ठूलो नौलो र रोमाञ्चक अनुभव भएको छ। यसमा मैले आपूmभित्रको खास प्रतिभा पनि प्रदर्शन गर्ने अवसर पाएको महसुस गरेको छु –नेहाले भनेकी छिन्। उनले यो फिल्मबाट दर्शकले पनि नयाँ स्वाद लिने र मन पराउने विश्वास व्यक्त गरेकी छिन्।
comments powered by Disqus
Post a Comment