- Back to Home »
- ‘प्रत्येक दिन ५० नेपाली युवती भारतका कोठीमा'
'मानवतस्करलाई राजनीतिक संरक्षण'
प्रहरी प्रवक्ता डीआइजी केशव अधिकारीले नेपालबाट मानव तस्करी गर्ने अपराधीहरुलाई राजनीतिक संरक्षण रहेको बताएका छन् । उनले मानिसको शरीरका अंग तस्करी गर्नेलाई पनि कानुनी सजाँय दिलाउन नसकिएको बताए ।
बीबीसी हिन्दी सेवासँग कुरा गर्दै उनले प्रहरीले मानव तस्करी नियन्त्रणका लागि प्रयास गरेपनि राजनीतिक संरक्षणका कारण यसमा संलग्न अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए ।
“मानव तस्करी गर्ने धेरै अपराधीलाई राजनीतिक संरक्षण प्राप्त छ” उनले भने “उनीहरुलाई त्यस्तो संरक्षण दिन बन्द भएमात्र सजाँय दिन सजिलो हुन्छ ।” उनले तस्करहरुले बिना कुनै जानकारी मानिसका महत्वपूर्ण अंग निकाल्ने गरेको उजुरीहरु प्रहरी कहाँ आउने गरेका बताए ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दैनिक ५० भन्दा बढी नेपाली चेली विभिन्न नाकाबाट भारतका दिल्ली, मुम्बई, कलकत्ता, पुणे जस्ता सहरमा बेच्न पु¥याइने गरेको बताइन् । कोइरालाका अनुसार नेपालबाट भारत प्रवेश गर्ने ११ विभिन्न नाकामा रहेका माइती नेपालका कार्यकर्ताले एक नाकाबाट दैनिक औसतमा चारदेखि पाँच जनालाई भारत जानबाट रोक्छन् ।
“माइती नेपालले मात्र अहिलेसम्म २५ हजार युवतीलाई बेचिनबाट बचाएको छ” उनले भनिन “तर बचिनेको संख्या धेरै ठुलो छ, जसको कुनै तथ्याङ्क छैन ।” उनका अनुसार एउटी युवतीलाई भारत पु¥याउनुअघि तस्करहरुले नेपालमै दुई लाख खर्च गरेका हुन्छन् । जब भारत पु¥याइन्छ उनको मुल्य त्यस भन्दा बढी लगाइन्छ ।
यसरी बेचिने युवतीहरु कतिलाई पैसा कमाएर भविष्य राम्रो बनाउने सपना तस्करहरुले देखाएका हुन्छन् । भने कतिपयलाई प्रेम र विवाहको नाटक गरी वेश्यावृत्तिमा धकेलिन्छन् । अनि मानव अंग तस्करी गर्नेहरुले पहिले विषाक्त खानेकुरा दिएर मानिसलाई लठ्ठाएर अस्पताल प¥याइ शल्यक्रियामार्फत अंग निकाल्ने गरेका छन् । त्यस्ता अस्पताल तथा चिकित्सकहरु नेपाल र भारत दुवै देशमा छन् ।
comments powered by Disqus


Post a Comment