Widgets


हरेक व्यवसायमा आयव्ययलाई व्यवस्थित गर्न नयाँ-नयाँ उपाय अपनाउने क्रम जारी छ। एकातिर प्रविधिको उच्चतम विकास र अर्कातिर मानिसमा नयाँ शैलीको प्रयोग गर्ने प्रक्रियाका कारण लेखाप्रणाली चुस्त-दुरुस्त र प्रभावकारी बन्दै गएको छ। लेखाप्रणाली अर्थात् एकाउन्ट सिस्टम व्यवस्थित बनाउने मुख्य भूमिका एकाउन्टेन्ट -लेखापाल) को हो। 

- लेखाप्रणाली संस्थाको सबैभन्दा मुख्य क्षेत्र भएको हुँदा लेखापाललाई यो विषयको सम्पूर्ण ज्ञान हुनुपर्छ।

- ट्याली, सफ्टवेयर, कम्प्युटर प्रणालीको पूर्ण ज्ञान तथा एक्सेलको प्रयोगमा दक्ष हुनुपर्छ।

- लेखा अर्थात् एकाउन्टेन्ट विषयमा उच्च सैद्धान्तिक तथा व्यवहारिक ज्ञान टअनिवार्य हुन्छ।

- पारदर्शिता, व्यवस्थित फाइल तयार गर्ने, हिसाबकिताबमा स्पष्टता अति आवश्यक छ।

- जाँगरिलो, समयअनुसार चल्न सक्ने एवं आर्थिक गतिविधिका बारेमा ज्ञान हुनुपर्छ।

- कम्पनी अर्थात् संस्थाको आन्तरिक र बाह्य नियम, प्रक्रिया र प्रणालीका बारेमा जानकारी हुनुपर्छ।

- कुनै पनि आर्थिक विषयका कागजपत्र जथाभावी फ्याँक्नु हुँदैन।

- संस्थाको आर्थिक उतारचढावको पूर्वानुमान तथा भावी योजना बनाउन सक्षम हुनुपर्छ। 

- एकाउन्टसम्बन्धी विशिष्ट अध्ययन एवं नयाँ प्रविधि प्रयोगमा चाख राख्नुपर्छ।

बिनिता न्यौपान





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya