- Back to Home »
- "गर्भमै मारिन्छन् चेली:हरु कस्तो बिडम्बना हेर्नुहोस "
छोराछोरी बराबर हुन भन्ने ब्यापक प्रचार हुँदा पनि गर्भमै छोरी भ्रूण मारिने क्रम बाजुरालगायतका दुर्गम जिल्लामा बढ्दै गएको छ ।
गर्भ परीक्षण गरी छोरी भए गर्भपतन गराउने र छोरा भए जन्म दिने आमावावु बाजुरा लगायतका दुर्गम क्षेत्रमा बढेका हुन् । गत साता गदुखातीकी प्रमिला धामी (नाम परिवर्तन) ले भनिन् ‘पहिलो छोरी भएपछि अर्को पनि छोरी नै हुने डरले भारतको पलिया गएर गर्भ जाँच गराउँदा गर्भमा छोरी नै रहेको थाहा पाएपछि श्रीमान्को दबाबले गर्भपतन गराउन बाध्य भएँ ।’
झन्डै तीन महिनाको गर्भ जँचाएर गर्भपतन गराएकी प्रमिलाकी पाँच वषर्ीया छोरी छन् । उनले भनिन्, ‘छोरी भू्रण भएको थाहा भएपछि घरपरिवारको दबाबले गर्भपतन नगरी सुखै भएन ।’ पछिल्लो समयमा प्रमिला जस्तै पहिलो सन्तान जन्मिसकेपछि दोस्रो सन्तान जन्माउनुपूर्व भू्रणको लिङ्ग पहिचान गर्ने र छोरी देखिए गर्भपतन गराउने क्रम यहाँ ह्वात्तै बढेको देखिएको छ ।
सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि भू्रणको लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृति ह्वात्तै बढेको देखिन्छ । सरकारले १८ महिनासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था गरेको छ । यस क्षेत्रका महिलाहरू भू्रणको लिङ्ग पहिचान गराउन दुई वर्षअघिसम्म भारतको पलिया धाउँथे ।
पलियाका चिकित्सकहरूले गर्भमा लिङ्ग पहिचान गरेको २ हजार पाँच सय भारतीय रुपैयाँसम्म लिने गरेको थाहा भएको छ । तर पछिल्लो समयमा नेपालकै अत्तरियालगायतका स्थानमा रहेका स्वास्थ्य संस्थाहरूले समेत भू्रणको लिङ्ग पहिचान गराउने गरेको गर्भ परीक्षण गरेका स्थानीय दानबहादुर कटुवालले बताए ।
यी संस्थाहरूले तीन हजार रुपैयाँसम्म लिने गरेको थाहा भएको छ ।
‘गर्भमा रहेको भू्रणको लिङ्ग छोरा वा छोरी पहिचान गराउनु नै अपराध हो,’ जिल्ला सरकारी वकिल महेश खत्री भन्छन््, ‘गर्भ परीक्षण गरेर भू्रणको लिङ्ग छोरा या छोरी भनेर पहिचान गर्न पाइँदैन ।’ कानुन व्यवसायीहरूका अनुसार लिङ्ग पहिचान गरी भू्रण हत्या गर्नु झनै गम्भीर अपराध हो । कानुन व्यवसायी गगन रावलले भने, ‘यस्तो अवस्थामा गर्भपतन गराउन चाहने र गराउने चिकित्सक दुवैलाई कारबाही हुने कानुनी प्रावधान छ ।’
मुलुकी ऐनअनुसार भू्रणको लिङ्ग पहिचान गराउनेलाई तीन महिनादेखि छ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई छ महिनादेखि दुई वर्षसम्म कैद हुने व्यवस्था छ । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दीपक शाहले भने, ‘महिलाहरूले छोरी भएको थाहा पाएपछि खुलेरै गर्भपतन गराएको देखिएको छ ।’
‘कानुको बेवास्ता र छोरा- छोरीबीच भेदभावका कारण यस्तो विकृति बढ्दै गएको देखिन्छ’ जिल्ला न्यायाधिवक्ता महेश खत्रीले भने, ‘चिकित्सकहरू भने जानेबुझेरै अवैध रूपमा पैसा कमाउन निर्धक्क यस कार्यमा सहभागी भएका देखिन्छन् र चेलीहरू नजन्मँदै गर्भमै मारिन्छन् ।’ महिला अधिकारकर्मीहरू यस कार्यलाई नजन्मँदै महिलामाथि गरिएको हिंसा भएको बताउँछन् । महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष रुक्मिणी शाहले भनिन्, ‘नजन्मँदै महिलामाथि हिंसा सुरु हुने गरेको उदाहरण हो ।’
बाजुरा क्याम्पसका उपप्राध्यापक सुरेशराज पण्डित भू्रण हत्यालाई विकृति मान्छन् । पण्डित भन्छन्, ‘एकातिर यसले समाजमा छोराकै महत्त्वलाई मात्रै बढावा दिन्छ भने अर्कोतिर जनसंख्यालाई असन्तुलित बनाउँछ ।
’भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोस
![]() |
comments powered by Disqus
Post a Comment