- Back to Home »
- 'गर्मीयाममा यी खानेकुरा खाँदा होस पूराउनुहोस्''
''अहिले गर्मीको मौसम छ । गर्मी मौसक विभिन्न खाले स्वास्थ्य समस्याको मौसम पनि हो । झाडापखाला तथा पेटसम्बन्धि समस्या त गर्मी महिनाका पहिचान नै हुन् भन्दा फरक पर्दैन । गर्मी महिनामा खानेकुरा छिटो सड्ने, जिवाणुको संक्रमण बढि हुने र जिवाणुको वृद्धि विकाश बढि हुने भएकाले विभिन्न खाले रोगको जोखिम बढि हुन्छ ।
त्यसैले गर्मीमा हुने स्वास्थ्य समस्याबाट बच्न खानपानमा निके ध्यान दिनुपर्ने हुन्छ । सुख्खा गर्मीयामको समाप्तिसँगै आउने वर्षायाममा पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मी महिनामा ठोस खानेकुरा जतिसक्दो थोरै खानुपर्छ भने तरल पदार्थ जतिसक्दो धेरै खानुपर्छ । गर्मीमा तपसिलका खानेकुरा सकेसम्म नखानुहोस् र खानै परेमा निकै होसियारी अपनाउनुहोस् :'
मसला : मसलेदार खानेकुरा कसलाई पो मन पर्दैन र ? तरकारीमा विभिन्न खाले मसला मिसाइएन भने खल्लो लाग्छ । तर गर्मी महिनामा खुर्सानी, अदुवा, जिरा, दालचिनी जस्ता मसलाको सेवन कम भन्दा कम गर्नुहोस् । यस्ता मसलाले सरीरमा तापक्रम बढाएर हानी गर्छ ।'
मासु : रातो मासु, प्रउन जस्ता गर्मी पैदा गर्ने मासुजन्य खानेकुरा पनि गर्मी महिनामा धेरै खानु हुँदैन । यस्तो मासुजन्य पदार्थको बढि सेवनले पेट खराब गर्ने र झाडावान्ता गराउने सम्भावना हुन्छ ।
रोटी : गहुँको पिठो तथा आटाबाट बनाइएको रोटी गर्मी महिनामा खानु उति लाभदायक मानिँदैन । रोटी पचाउन गाह्रो हुन्छ । त्यसैले बिहानको भोजनमा भात नै खानुहोस् र रोटी खानैपरे बेलुकीको भोजनमा समावेश गर्नुहोस् ।'
रोष्ट गरिएका परिकार : रोष्ट गरिएका मासुजन्य तथा अन्य परिकार पनि गर्मी महिनामा बढि नखानु बेस हुन्छ ।'

comments powered by Disqus
Post a Comment