- Back to Home »
- nepali »
- भालुले आठ जनालाई मा-यो
भारतको ओडिशा राज्यको कोरापुत जिल्लामा एक जङ्गली भालुको आक्रमणमा एक दम्पती सहित आठ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा पाँच जना गम्भीर रूपमा घाइते भएको जानकारी वरिष्ठ वन अधिकारीले दिएका छन ।
यो जङ्गली जनाबरले कोटपाडको आन्द्रमुन्डानजिकै वनक्षेत्रमा शनिबार तीन व्यक्तिमाथि घातक आक्रमण गरेको थियो र दुईलाई घाइते बनाएको थियो । यी व्यक्तिहरू वनमा दाउरा खोज्न गएका थिए ।
तीन व्यक्ति मारेपछि उक्त भालु थप अनियन्त्रित भएको थियो र त्यसले अन्य पाँच व्यक्तिलाई पनि मा-यो । यसका साथमा अन्य तीन व्यक्तिलाई पनि घाइते बनाएको वन अधिकृत जयपुर लक्ष्मीकान्त मिश्रले बताए ।
उक्त घटनाबाट क्रुद्ध भएका गाउँलेले लट्ठी तथा अन्य हतियारले उक्त भालुलाई कुटेर मारेको मिश्रले बताए ।
घाइतेलाई उक्त जिल्लाको केन्द्रमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/पीटीआइ
comments powered by Disqus

Post a Comment