- Back to Home »
- मंसीर २ गते निर्वाचन
चौतर्फी दवावपछि सरकारले यसैसाता निर्वाचन मिति घोषणा गर्ने भएको छ । संभव भए भोली साँझसम्म नभए जेठ २ गते बिहिबार बस्ने मन्त्रीपरिषदको नियमित बैठकले निर्वाचन मिति घोषणा गर्ने संभावना रहेको बालुवाटार निकट उच्च स्रोतले जनायो ।
कुनैबेलापनि मन्त्रीपपिरषदको बैठक बसेर निर्वाचन घोषणा गर्नुपर्ने भन्दै मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सरकारका मन्त्रीहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । चुनाव मिति घोषणाको पूर्वसन्ध्यामा रेग्मीले आइतबार मुलुकको सुरक्षा अवस्थावारे ‘नाडी’ छामेका थिए ।
रेग्मीको ‘किचेन क्याविनेट’का सहयोगिले नेपालीहेडलाइन्सलाई बताए अनुसार मंसीर २ गते आइतबारका लागि मिति घोषणा हुने संभावना छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कात्तिक मसान्तको दिन वा दलहरूले प्रस्ताव गरेको मंसीर ५ गतेको दिनलाई बीच पारेर मंसीर २ गते निर्वाचन गर्न प्रस्ताव गर्न लागिएको हो । रेग्मीको शुभबार पनि आइतबार भएकोले सोही दिनको साइत जुराउन लागिएको हो ।
चुनाव मिति घोषणामा भएको ढिलाइले सरकारको आलोचना बढेको तथा ढिलाइले वातावरण बिग्रने संभावना बढेको निश्कर्ष सहित यसैसाता निर्वाचन मिति घोषणाको अन्तिम गृहकार्य भएको बालुवाटार स्रोतले जनाएको छ ।
निर्वाचन मिति घोषणावारे अध्यक्ष रेग्मीले निर्वाचन आयोगसंग संभवत सोमबार नै परामर्श गर्नेछन् । अध्यक्ष रेग्मीले नोभेम्वर १७ मा निर्वाचन घोषणा गर्न लागेको भारतीय राजदूद जयन्त प्रसादलाई सुनाएका थिए, दुइदिन अघि सिंहदरबारमा भएको भेटमा । रेग्मीको प्रस्तावमा भारतीय राजदूतले टाउको हल्लाउदै ‘ओके’ भनेका थिए ।
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकले पनि अविलम्ब निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिदै आएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि उच्चस्तरिय संयन्त्रको नेतृत्व हस्त्रान्तरण अगाडि निर्वाचन मिति घोषणा गरेको श्रेय लिन आतुर छन् ।
comments powered by Disqus
Post a Comment