- Back to Home »
- कुकुरले श्रीमतीको नाक चपाएपछि…
भन्न त ‘कुकुरले टोक्यो भनेर कुकुरलाई नै नटोक्नु’ भन्छन् । तर, कुकुरले श्रीमतीको नाक टोके के गर्नुहुन्छ ? लठ्ठीले हानेर धपाउनुहुन्छ या इँटा-ढुंगाले कुकुरलाई नै थला बसाइदिनुहुन्छ होला । तर एक श्रीमान्ले भने यो भनाइको मर्म विपरीत तत्काल बदला लिँदै कुकुरको पनि नाकै टोकिदिए ।

हुन त श्रीमतीलाई औधि माया गर्नेको कथामा थुप्रै लेख, कविता र खबर प्रकाशित भएका छन् । तर, सुन्दै अचम्म लाग्ने यो घटना गत साता स्पेनमा भएको हो । हफपोस्टका अनुसार म्याडि्रड लाभाकी क्यारेन ह्यानरीको नाक क्यान्डी नामक लाब्राडोर कुकुरले चपायो । यो सहन नसकेर श्रीमान्ले पनि तुरुन्तै कुकुरको नाक चपाइहाले । श्रीमान् लैन हेनरीसँग डुलिरहेको बेला एक भारी भरकम ल्याब्राडोरले क्यारेनमाथि आक्रमण गरेको थियो । त्यो ५० पाउन्डको कुकुरले झम्टिँदै उनको पेट र तिघ्रामा टोक्यो ।त्यसपछि क्यारेनको आँखा नोच्दै त्यो दुष्ट कुकुरले क्यारेनको नाकलाई लगभग पूरै चपायो । चस्मा नलगाएको भए आफ्नो आँखा गुम्ने उनले बताइन् । सोच्नुस्, श्रीमान् सँगै नभएको भए कुकुरले उनीसँग केके गथ्र्यो होला ? श्रीमान्ले बचाउनलाई सारा ताकत लगाएको उनले बताइन् । नाकै टोकेपछि रिसमा नियन्त्रण गुमाएका पति लैनले कुकुरको नाक पनि खाइदिएको उनले बताइन् । त्यसपछि कुकुर भागेको थियो । नाकको पुनर्निर्माणका लागि मर्सी मेडिकल सेन्टरमा थुप्रै चरणमा गम्भीर शल्यक्रियाको तयारी भइरहेको छ । सन् २०१२ मा त्यो कुकुर क्यान्डीमाथि अर्को कुकुरलाई सांघातिक आक्रमण गरेको आरोप लागिसकेको छ । उक्त घरबारविहीन कुकुरलाई एक सुरक्षित सेलभित्र कडा निगरानीमा राखिएको छ ।
comments powered by Disqus
Post a Comment