- Back to Home »
- कोइरालाको स्वास्थ्यमा सुधार, राजनीतिक भेटघाट सुरु
Posted By : Govinda Baniya
२० बैशाख, काठमाण्डौ । केही दिनदेखि विरामी भएर घरमै आराम गरिरहेका काँग्रेस सभापति सुशील कोइरालाले शुक्रवारवाट राजनीतिक भेटघाट सुरु गर्नु भए्को । स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएपछि कोइरालाले शुक्रवार पार्टीका नेता तथा कार्यकर्ताहरुसंग राजनीतिक भेटघाट सुरु गर्नु भएको हो ।

सभापति कोइरालाको स्वास्थ्यमा सुधार आएको र आजैवाट राजनीतिक भेटवार्ता सुरु गर्ने कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकालले जानकारी दिनु भयो । उच्च स्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका कोइराला अस्वस्थ भएपछि राजनीतिक संयन्त्रको वैठक समेत बस्न सकेको छैन ।
comments powered by Disqus
Post a Comment