Widgets


चीनमा मान्छेको रूप जस्तै फूलको जरा भेटिएको छ । मान्छेको आकृतिमा जरा भेटिएपछि उक्त जरा हेर्नका लागी भिड मच्चिएको छ । मानव विकासको चरम सिमामा पुगेको चीनले गर्ने विकासले मानिसलाई चकित बनाएको बेला प्रकृतिले पनि चकित पार्ने खालको यो जराले चीनलाई अचम्म नै अचम्मको पोको भरिएको देश भन्ने बेला समेत आइसकेको छ । 




tuber fleece flower rootट्युबर फ्लेस नामको फूलको जरा खनेर निकाल्दा यस्तो आकृतीको जरा निस्किएको हो । गत मे ७ मा उक्त जरा निकालिएको थीयो । भवन निर्माणको कार्य गर्ने क्रममा खनिएको उक्त जरा महिलाको शरिरको आकारमा रहेको छ । यस्तै, सोही दिनमा पुरूषको जस्तै शरिरको आकार भएको जरा चीनकै एक पहाडि क्षेत्र भेटिएको छ । एकै दिन महिला तथा पुरूषको शरिरजस्तै आकारको जरा भेटिनुलाई आश्चर्य र निकै अचम्मको संयोग मानिएको छ । यो जरा औषधीका रूपमा पनि निकै प्रयोग गरिने बताइएको छ । उक्त जराले रक्त, कपाल तथा कलेजोसम्बन्धी रोगमा फाइदाकारी हुने बताइएको छ ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya