Widgets


अक्षय तृतीया पर्व सोमबार जौको सातु र सर्बत दानसहित मनाइ“दै छ । कतै–कतै सातु र सर्बतसहित खुँदो तथा मह पनि खाने चलन छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयाका बेला सेवन गरिने यी खाद्यले  गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने पण्डित माधवप्रसाद शर्मा बताउ“छन् । उनका अनुसार यस दिन दाल, चिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, सख्खर र मिस्रीमध्ये एक लगाई सर्बतसँगै जौको सातु दान गर्ने चलन छ । आजकै दिन बूढाबूढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गरिन्छ । गच्छे भए गाई, जमिन, अन्न र सुन पनि दान दिइने चलन छ । महादेव र हिमालयपुत्री पार्वतीको विवाह भएको यस दिन विवाहका लागि लगन जुराइरहनु नपर्ने पण्डित शर्माले बताए । शास्त्रीय विधानअनुसार आज दियो, कलश र गणेशलाई पूजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । हिन्दू शास्त्रका अनुसार वर्षभरमा कयौं विशेष योग पर्छन् । तीमध्ये एउटा महायोगको नाम हो, अक्षय तृतीया ।



यो महायोग वर्षमा एक पटक पर्दछ । यस दिन गरिएका सत्कर्म अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘विघ्नविनाशक’ पनि भनिन्छ । हिन्दू काल गणनाअनुसार चार स्वयंसिद्ध मुहूर्त छन् । तीमध्ये एक हो, अक्षय तृतीया । अक्षयको अर्थ हुन्छ, ‘कहिल्यै क्षय नभएर स्थायी रहोस् ।’ पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका १० अवतारमध्ये एक मानिन्छ । परशुराम चिरञ्जीवी छन् । उनको आयुको क्षय भएन । त्यसैले यस तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ । चार युगमा सत्य र त्रेता प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यस कारण यो तिथिलाई ‘युगादि तिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात् अक्षय तृतीया तिथिकै दिन खोलिन्छ । वेदव्यासले समेत यसै दिन महाभारत रचना प्रारम्भ गरेका थिए ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya