Widgets

सायद यो बेला लोकमान कार्किलाइ समर्थन गर्ने भन्दा, विरोध गर्ने बढी छन्  । सामाजिक संजालमा मात्र होईन राजनीति बुझ्ने, नबुझ्ने, लोकमानलाई चिनेका नचिनेका सबैको विरोध छ ।  तर लोकमानलाई समर्थन गर्नेहरुलाई समेत पत्तो छैन लोकमान अख्तियारमा किन आउने ? उनी उपयुक्त हुन या होईनन ?
तपाईँलाई पत्यार नलाग्न सक्छ, यती बिघ्न विरोधका बाबजुद पनी लोकमानलाई नै उत्कृष्ट सावित गर्नुको भित्री कारण अर्कै छ । एक उच्च स्रोतका अनुसार लोकमानले 'चार दलका नेताहरुलाई दरो गाँठ भरिदिने भएपछि नेताहरू जसरी पनी अख्तियार प्रमुख बनाउने प्रोजेक्टमा लागेका हुन् ।

आफुलाई अख्तियार प्रमुख बनाए प्रती दल १० करोड दिने वाचा गरेपछी दलहरु लोकमानलाई अख्तियारको कुर्सीमा बसाउन मरिहत्ते गरेको स्रोत वताउँछ । हिजो अर्थात आईतवार बसेको संवैधानीक समितिको बैठकले सिफारिस गरेपछि, पहिलो किस्ता वापतको रकम चार दललाई बुझाएको छन् । भने बाँकी रकम
नियुक्ती पाईसकेपछि बुझाउने गरी सम्झौता गरिएको  हो ।

 त्यस्तै लोकमानका विरुद्द जनआवाज बढ्दै जाँदा केही संचारमाध्यमलाई समेत आफु नियुक्त नभएसम्म आफ्नो विरुद्दमा समाचार नलेखीदिन भन्दै रकम दिएका छन् । बिशेषगरी शनिवार देखी राष्ट्रपतीले स्विकार नगर्ने समयसम्म आफ्नो विरुद्द समचार नलेखीदिन केही पत्रिकाका सम्पादक राजी भएका थिए । जसको सामान्य प्रभाव शनीवार र आईतवारका पत्रिकाहरुमा पनी देखीएको थियो । के र कति दिए भन्ने नबताईए पनी लोकमनालाई अख्तियार प्रमुख बनाउने प्रोजेक्टमा केही पत्रकारहरुले दरो हिस्सा लिएको बुझिन्छ । जुन कुरा थाहा भएकाहरुले  ट्विटरमार्फत पनी लेखेका छन् ।  अन्नपुर्ण पोस्टको समचार सन्तुलीत नभएको भन्दै  कनकमणी दिक्षीतले गरेको यो ट्विट !




अन्नपुर्ण पोस्टले लोकमानको बिरोध गर्ने राजस्वमा ब्रम्हलुट गर्नेहरु हुन् भनेर लेखेपछि पत्रकार सरोजराज अधिकारीले यस्तो ट्विट गरे !
नियमीत टुईटरमा अपडेट हुने अन्नपुर्णका संपादक गुणराज लुईटेल टुईटरमा नझुल्किएपछिको यो ट्विट ।

आईतवार पत्रिका छापिएको समचारका बिषयमा लुईटेललाई धेरैले 'मेन्सन' गरेरै 'तपाईँ बिक्नुभएको हो' ? भनी सोधेका थिए ।


त्यस्तै लोकमानले केही नेताहरु संग ब्यक्तीगत सम्झौता समेत गरेको बुझिएको छ । बिभिन्न भ्रष्टाचारमा मुछिन सक्ने नेताहरूसंग पुगेर आफुलाई अख्तियारमा नियुक्त गरे सबै 'चट्' पार्दिने वाचा समेत गरेका थिए । लोकमानले नेता र पत्रकारलाई मात्रै होईन वकिलहरुलाई समेत रकम बाँडेको स्रोत बताउँछ । त्यस्तै अहिलेका संचार मन्त्री माधव पौडेलले समेत लोकमानको 'नुन' खाएको बताईँदै आएको छ । शुरुमा लोकमानको विरोध गरेका संचारमन्त्री पौडेल आजभोली मौन रहेकाले पनी होईन भनेर भन्न सकिने अवस्था छैन ।

लोकमानले रकम बाँडेको धेरै पत्रकारहरुलाई थाहा भए पनी कती चुपचाप बसिरहेका छन् । कसैले नुन खाएर कसैले खान पाउने आशामा । तर कान्तिपुरमा कार्यरत पत्रकार दुर्गा खनाल ले दश करोड बाँडेको कुरो आइतवार  ट्विटरमै लेखेका छन् । हेर्नुस उनको ट्विट  ।







अब सबै नेपालीहरुले जित्यौँ, लोकतन्त्र आएको देशमा लोकमान आउनु ठुलो कुरा भएन ।  शितलनिवासले अनुमोदन् गर्दैन भन्ने तपाईँलाई लाग्छ भनेपनी त्यो सत्य सावित हुँदैन । यो अवस्था 'माने मान नमाने नी लोकमान' भनेजस्तै हो ।  दलहरु र सुसुचित गराउने पत्रकारहरुनै बिकेपछि कस्ले के भन्न सक्छ र ? ' मनी टक्स के Money Talks'  ।  नआत्तिनुस् अब लोकमानलाइ चाँडै अख्तियारको कुर्सिमा बसेको देख्न पाईन्छ । बरु बधाइ लोकमान लाई !


कार्टुन : उत्तम नेपाल (राजधानी दैनीक )









Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya