- Back to Home »
- रेग्मी निवासमा समितिको बैठक सकियो
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खरै सकिएको छ । राति साढे ९ बजेसम्म बसेको बैठकमा एमाओवादी नेता प्रचण्ड, डा. बाबुराम भट्टराई, एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेस नेता सुशील कोइराला र कृष्ण सिटौलाका साथै मधेसी मोर्चाका विजयकुमार गच्छदार र महन्थ ठाकुरको सहभागिता थियो ।
रेग्मीको पहलकदमीमा बोलाइएको बैठकमा अख्तियार प्रमुखका लागि सिफारिस गरिएका लोकमानसिंह कार्कीका सम्बन्धमा छलफल भएको र संवै्धानिक परिषदले सिफारिस गरिसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई स्वीकृत गर्नुपर्ने अडान एमाओवादी नेताहरुले राखेको तर, बैठक कुनै निश्कर्षमा नपुगी टुंगिएको छ ।
साथै बुधबार विहान सुशील कोइराला निवासमा एमाओवादी पदाधिकारी र कांग्रेस शीर्ष नेतावीच वार्ता हुने छ ।

comments powered by Disqus
Post a Comment