- Back to Home »
- सेक्सी नायीका पुजना चलचित्र क्षत्रबाट विस्थापित हुँदै

चर्चाका लागि जे पनि गर्न तयार हुने, तर फिल्मी भविष्यबारे कुनै चिन्ता नलिने गरेकै कारण पूजनाको कलाकारिता संकटमा पुगेको विश्लेषण गरिएको छ। दार्जिलिङ घर भएकी पुजनाको काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो। तर सोच भने कहिल्यै फेरिएन। त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’ बाट चलचित्रमा प्रवेश गरेकी पूजना र रेखा थापामध्ये आज पूजना हजारका लागि मरिमेटिरहेकी छन्, तर रेखा लाखौंमा खेल्छिन्। चर्चा र पैसाका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पूजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टर देख्नेवित्तिकै दर्शकहरूले मुख फर्काउन थालेका छन्।
कुरा चलचित्र ‘रक्षा’ को हो। केही समयअघि प्रदर्शित भएको रक्षा हेर्न काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूपमा देखिएकी पूजनालाई थुकेको दृश्यबारे अहिले चलचित्र क्षेत्रमा विभिन्न किसिमका टीकाटिप्पणी हुन थालेको हो।
‘अब त यस्ती नायिकाको कुनै पनि फिल्म हेर्नुहुन्न। यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ,’ नुवाकोट घर भएका राजु भुजेल भन्दै थिए। त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’ हेरेर फर्केका दर्शक भने निकै शान्त रूपमा बाहिर निस्केका थिए। अष्टनारायण हलका सञ्चालक अष्टनारायण मानन्धर पनि दर्शकको प्रतिक्रियापछि आश्चर्यमा परेका थिए। त्यही हलमा चपली हाइट हेर्ने दर्शकको भीड र रक्षा हेर्न आएका दर्शकको प्रतिक्रिया देखेर उनी छक्क परेका थिए। उनका छोरा नायक भएको रदम चलचित्र भने अहिले ५१ औं दिन मनाउने तयारीमा छ।

चपली हाइट स्वीकारेका दर्शकले रक्षा चलचित्रलाई भने ‘सी गे्रड’ का हिन्दी फिल्मको संज्ञा दिँदै यस्तै चलचित्रका कारण राम्रा नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको बताएका थिए। जुन कुरा यतिबेला बहसको विषय बनेको छ। रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पूजनाको अनुहारमा कुनै संकोच र ग्लानि झल्केको छैन। बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छन्। नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पूजनाले खेलेपछि दर्शकले उनलाई धिक्कारेका हुन्। तर रक्षामा जति नांगिए पनि अहिले उनलाई चलचित्र खेल्न निर्माता निर्देशकले प्रस्ताव राख्नै छाडेका छन्। त्यही भएर केही दिनअघि उनले राम्रो प्रस्ताव आए चलचित्रका जस्तासुकै दृश्यमा पनि आफू नांगिन तयार भएको अभिव्यक्ति दिएकी थिइन्। उनको यो अभिव्यक्तिलाई चलचित्रकर्मीहरूले कामविहीन अवस्थामा पुगिसकेको विश्लेषण गर्न थालेका छन्।

हिजोआज आइटम गीतमा मात्रै सीमित भएकी नायिका पूजना प्रधानको फिल्मी क्यारियर असुरक्षित बन्दै जान थालेको छ। यतिखेर उनको हातमा एउटा पनि चलचित्र छ्रैनन्। फिल्मी क्षेत्रमा पैसालाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने नायिकाको परिचय बनाएकी पूजना प्रधानबाट पूजना स्त्री बनेपछि झनै विवादमा आएकी छन्।
comments powered by Disqus
Post a Comment