Widgets

Posted By : Govinda Baniya

 द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा शान्ति स्थापनामा खटिएका नेपाल प्रहरीका अधिकारीहरु लुटिएका छन् । एके ४७ सहित आएका लुटेराले नौ जना प्रहरी अधिकारीको निवास नै कव्जामा लिएर लुटपाट गरेका थिए ।

हतियारधारी समूह मंगलबार बिहान सुडानको नैलास्थित नेपाली प्रहरीको क्याम्पमा प्रवेश गरेको थियो । एके ४७ बोकेका सातजनाले मार्ने धम्की दिएपछि नेपाल प्रहरी अधिकारीले आत्मसमर्पण गरेका थिए ।





त्यहाँ सल्लाहकारका रुपमा काम गर्ने प्रहरीलाई हतियार राख्ने सुविधा हुँदैन् । उनीहरुलाई राष्ट्रसंघले बस्ने ठाउँको पनि व्यवस्था नगर्ने भएकाले कोही होटलमा त कोही घर भाडामा बस्दै आएको नयाँ पत्रिकामा खबर छ ।
स्रोतका अनुसार विहान ३ः३५ मा आएका लुटेराले सवा ४ बजे सामान लिएर फर्केका थिए । उनएहरुले १५ लाख बराबरको धनमाल लुटेको प्रहरीले बताएका छन् । लुटिएका एक प्रहरीले भने, ‘आत्मसमर्पण नगरेको भए, ज्यान जान्थ्यो, सात जना लुटेरा मध्ये पाँचजनाको हातमा एके ४७ हतियार थियो ।’





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya