Widgets

Posted By : Govinda Baniya


कलाकार भएपछि एउटै भूमिका गर्छु भन्न कहाँ पाइन्छ र ? कलाकारले कहिले हाकिम पनि हुनुपर्छ, कहिले
नोकर पनि । कहिले असल मान्छे बन्नुपर्छ, कहिले जोकर पनि । अनि कहिले शासक बन्नुपर्छ त कहिले शासित । आखिर, हेयरड्रेसर विपना बस्नेत यस्तै कलाकारको कोटीमा परेकी छन् । तीतो सत्यमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइकी पत्नी हिसिला यमीको दुरुस्त भूमिकामा देखिएर चर्चा बटुलेकी बस्नेत अब चन्द्रसमशेरका पालाकी दासी बनेर नेपाली सिनेमाको पर्दामा आउँदैछिन् ।

हेयर ड्रेसर भएर काम गर्नेक्रममा पर्दा पछाडि रमाएकी बस्नेत एकाएक सेलिब्रेटी भएकी छन् । विपनाको पछिल्लो परिचय हिसिला यमीको भुमिकाले बनाए पनि उनले यसअघि नै एक सिनेमामा काम गरिसकेकी रहिछन् । प्रदर्शनको क्रममा रहेको कृष्ण धराबासीको कथामा आधारित चलचित्र ‘झोला’मा दासीको भुमिकामा खेलेपछि मात्रै उनले हिसिला बन्ने मौका पाएकी रहिछन् ।
झोलामा १ सय बर्ष पुरानो नेपालको दास प्रथालाई उठान गरिएको छ, जहाँ विपना छोटो तर महत्वपुर्ण भुमिकामा छन्, झोलाका निर्देशक यादव भट्टराईले  भने-उक्त समयमा दासीहरु जस्तोसुकै चरम यातना पाउँदा पनि बोल्दैनथे ।’ विपनाको भूमिका बारे भट्टराईले भने- ‘यो चलचित्रमा उहाँको कुनै पनि संवाद छैन ।’
झोलामा विपनालाई दासीको भूमिकामा सुरुवातमै ‘अफर’ गरिएको चाहिँ होइन ।



झोला सिनेमाका लागि हेयर ड्रेसरका रुपमा विपना छायांकनस्थलमा पुगेकी थिइन् । तर छायांकनस्थलमा नै उनलाई निर्देशक भट्टराईले अभिनय गर्न प्रस्ताव गरे । झोलामा अभिनय गरेपछि बल्ल उनलाई तीतो सत्य युनिटले हिसिला बन्न अफर गरेको हो । तर, सिरियल झोला भन्दा पहिल्यै दर्शकमाझ आएकाले उनको परिचय ‘हिसिला यमी’का रुपमा बनेको यादव बताउँछन् ।लामो समयसम्म हेयर ड्रेसरको रुपमा काम गर्दा पर्दा पछाडि नै हराएकी विपनालाई दर्शकले हिसिला यमीको भुमिकामा रुचाएका छन् । झोला प्रदर्शनमा आएपछि उनलाई दासीको भुमिकामा पनि रुचाउने विश्वास निर्माण पक्षको छ ।

भिडियोमा हेर्नुस् ...हिसिलालाई !






Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya