Widgets



'तिम्ले बिर्सेउ होला नेताहो,जनआन्दोलनको सास्ती, कुटाइ, लोकमानको थर्काइ हामीले भुल्न सकेका छैनौ। हिसाब किताब त एक दिन हुन्छ नै ।'



संवैधानिक परिषद्ले भ्रष्टाचार र जनआन्दोलनले दोषी ठहर विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख मा सिफारिस गरेपछि सामाजिक सञ्जाल त्यसको विरोधका उर्लिएको छ । प्रयोगकर्ताले कार्कीलाई सिफारिस गर्ने प्रमुख चार दलका नेता र प्रधानन्याधिस खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको कटु आलोचना गरेका छ् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर आइतबार दिनभर जसो कार्कीको सिफारिसले 'हजारौं नागरिकको बलिदानले आएकेा लोकतन्त्र र गणतन्नत्रको उपहास भएकेा' भन्दै निराशा र आक्रोश पोखेका छन् । परिषद्को सिफारिस रोक्न उनीहरुले राष्ट्रपतिसित सार्वजानिक आहृवान गरेका छन् । हजारौं सामािजक सञ्जाल प्रयोगकर्तावीच कार्कीलाई अख्तियारमा गरिएकेा सिफारिस लोकतन्त्रका लागि बलिदान गर्ने सहिदको अपमान भएको  तथा दल, नेता र परिषद् लोकमानको 'सती गएको' टिप्पणी गरेका छन् । उनीहरुले आफ्नो ट्वीटरको टाइम लाइनमा १ सय ४० शब्दमा र फेसबुक स्टाटसमार्फत कार्कीकेा नियुक्तिले 'आफूहरु हतोत्साही र निराश भएको' उल्लेख गरेका छन् ।
आफ्नो ट्वीटरको टाइम लाइनमा सुदिप सापकोटा लेख्छन्, 'हामी सारा जनताले दुख गरी आज्र्याको लोकतन्त्र किस्ताबन्दीमा फिर्ता गर्दैछन् नेताहरु, फेरि चुनावमा यिनलाई नै भोट किन हाल्ने ?' पत्रकार नारायण अमृत नेताहरुप्रति खेद व्यक्त गर्दै सिफारिसको विरोधमा ट्वीटरमा लेख्छन्, 'हिूड्न जानिएन, खुट्टामा ठेस लाग्छ । गलत नेता छानियो भने मुटुमा ठेस लाग्छ । जनमत मर्माहत छ । अयोग्य नेताहरु मुर्दावाद ।' र नेपालडायरी आफ्नो विचार टाइम लाइनमा यसरी राख्छन्,'तिम्ले बिर्सेउ होला नेताहो,जनआन्दोलनको सास्ती, कुटाइ,लोकमानको थर्काइ हामीले भुल्न सकेका छैनौ। हिसाब किताब त एक दिन हुन्छ नै ।'
समाजिक सञ्जालमा युवा जमात बढी रहेको र उनीहरु आदर्श तथा सकरात्मक सोचमा विश्वास राख्ने भएकाले यस्तो आक्रोश आएको समाजशास्त्रीहरु बताउछन् । समाजशास्त्रका अध्येता सुमन आचार्यका शब्दमा शाशकको धूमिल छविले आफ्नो भविष्यलाई अन्यौलमा पार्ने डरले युवाहरुले यसमा बढी चासो लिएको सामाजिक सञ्जालमा आएकेा प्रतिक्रिया त्यसकै उदाहरण भएकेा बताए । 'युवाको विचारले समाजको मनोविज्ञान र चाहना देखाउछ', उनले भने, 'दल र राज्यले आम नागरिकको चाहना नबुझी गर्ने निर्णयले पार्न सक्ने दीर्घकालीन प्रभावप्रति युवा चिन्तित छन् । समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवाको अबरदारीको सम्मान नगरे त्यसले परिणाम कुनै दिन गम्भीर निस्कन सक्छ ।'
यसले आगामी निर्वाचनमा समेत प्रभाव पार्न सक्ने आचार्यकेा विश्लेषण छ । उनी भन्छन्, 'दल र नेताको यस्तो अलोकपि्रय क्रियाकलापको प्रभाव आगामी निर्वाचनमा समेत पर्न सक्छ ।' आचार्यको विश्लेषणमा मिल्ने गरी सञ्चारकर्मी कृष्ण ढुंगाना लेख्छन्, 'जनघृणाको पात्र बनेका लोकमानको सिनु चेपेर हिूड्ने जालीहरु चुनावमा 'जनतासूग लभ पर्‍यो" भन्दै भोट माग्न आउने होलान् ।' दलहरुको कटाक्षमा सञ्चारकर्मी सुनिल न्यौपानेले फेसबुक स्ट्याटसमा आफ्नो विचार यसरी राखेका छन्, 'लोकमानले यसरी उत्तानो पारिदिए, अव कसरी उठेर भोट माग्न जाने होला ? तर आउूछन् किन भनें धोती त्यहि चित पर्दै फुस्किसक्यो, अव के को लाज ?'
फेसबुकमा चिरन्जीवि पौडेल फेसबुकमा लेख्छन्, 'मुलुक डन, दलाल, विचौलिया, प्रतिगमनकारी मतियारको पुग्दैछ र अनि अधिनायकवाद फन्दामा मुलुक पर्ने निश्चित छ ।" फेसबुकमै एकीन्द्र तिमल्सिनाले राखेकेा विचार चाहि यस्तो छ, 'लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने नेताहरुको निर्णयले मलाइ अति नै औडाहा भयो । कुनै दिन यी नेताहरुले ज्ञानेन्द्रलाई राष्ट्रपिति सिफारिस गरे पनि अनौठो नमान्दा हुने भयो ।'





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya