गायकबाट नायक बनेपछि बाबु बोगटीले नयाँ परिचय पाए । नयाँ परिचयसँगै बाबुले आफ्नो गायकीलाई नै छोडेको धेरैले विश्लेषण गरेका थिए । तर नायकमा पनि राम्रै चलेपछि बाबुले एल्बम निकाल्ने फुर्सद पाएनन् । तर आज उनी आफुलाई परिचित गराउने क्षेत्रमा नै फर्किएका छन् । गायक बाबु बोगटीले ७ बर्षको अन्तरालपछि नयाँ एल्बम बजारमा ल्याउने तयारी गरेका छन् । ‘प्रायश्चित’ नामक एल्बम मार्फत बजारमा आउन लागेको बाबुको भनाई छ । यो एल्बममा संगीत दिने काम पनि उनले नै गरेका छन् । सात वटा गीत समावेश एल्बममा आधुनिक र गजल गीत समावेश गरेको गायक बोगटीले बताए ।पहिलो एल्बम बि.सं २०५७ सालमा निकालेका बाबुले यसपश्चात २०६१ र २०६३ मा क्रमश दोश्रो र तेश्रो एल्बम बजारमा ल्याएका थिए । यसैबिच एल्बममा समावेश ‘बाटो फराकिलो थियो’ बोलको गीतको म्यूजिक भिडियो हालै मात्र छायांकन गरिएको छ । यो भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । भिडियोमा केकी अधिकारी र उत्तम गजमेरले अभिनय गरेका छन् । भिडियोमा हरी हुँमागाइको छायांकन, भरत रेग्मीको सम्पादन र महेश भण्डारीको स्टिल फोटोग्राफी छ । यो गीतलाई राजेश घतानीले लेखेका हुन् ।
एल्बममा समावेश एक गीतको भिडियो भने एक बर्ष अघि नै बजारमा आइसकेको छ । ७ बर्षपछि एल्बम निकालेका बाबुले भिडियोमा अहिलेकी चल्तिकी मोडल तथा नायिका केकी अधिकारीलाई नै रोजेका छन् ।
तलको भिडियो हेर्नुस्, वा डाउनलोड गर्नुस् ।
अघिल्ला एल्बम जस्तै ‘प्रायश्चित’लाई पनि श्रोता तथा दर्शकले मन पराउने विश्वास गायक बोगटीको छ । भिडियोलाई यो महिनाको अन्तिममा बजारमा ल्याउने तयारी उनले गरेका छन् ।
Post a Comment