Widgets


पूर्वमुख्यसचिव लोकमानसिंह कार्की विरुद्ध सोमबार अदालतमा पेश भएको रिट निवेदन दरपीठ गर्ने सर्वोच्च अदालतका रजिष्ट्रार लोहितचन्द्र साहविरुद्ध मंगलबार सर्वोच्चमा अर्को उजुरी दर्ता भएको छ ।
आफूले लोकमानविरुद्ध दर्ता गरेको रिट निवेदन दर्ता नगरी फिर्ता पठायएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले मंगलबार दायर गर्नुभएको रीटमा रजिष्ट्रार साहको दरपीठ आदेश खारेज गरी निवेदन दर्ता गर्न उत्प्रेषणको आदेश माग गर्नुभएको छ ।’मैले सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेको रिट निवेदनलाई सम्मानीत यस अदालतका रजिष्ट्रारज्यूले फिर्ता गर्ने आदेश गर्नु भयो ।
निजको उक्त आदेशबाट सिघ्र न्याय पाउने मौलिक हकमा बन्देज लागेको छ ।’ अधिवक्ता अर्यालले रिटमा भन्नुभएको छ-’मौलिक हकको पहरेदार स्वतन्त्र न्यायपालिकाको प्रमुख अंग सम्मानीत सर्वोच्च अदालतका रजिष्ट्रारबाट लगाइएको उक्त बन्देजलाई तत्काल हटाई न्यायिक उपचारको हकलाई सुचारु गरी पाऊँ ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya