- Back to Home »
- ‘गाई चटारिन्छ, तरुनी देख्दा मन बटारिन्छ...’
Posted By : Govinda Baniya
दुई वर्ष अघि ‘भेटन आउँदैछु’ सोलो एल्बम बजारमा ल्याएका गायक रमेश राई यतिवेला एउटा फरक किसिमको गीतबाट चर्चामा छन । ‘मेरी वास्यै’ हाँस्य टेलिश्रृखंलामा धुर्मुस अर्थात खड्काजीले प्रयोग गर्ने थेको ‘गाइ चटारिन्छ, तरुनी देख्दा मन बटरिन्छ’ वाक्यलाई गीतमा ढालेर स्वर दिएका रमेशले यो गीतबाट भने राम्रै चर्चा पाइरहेका छन ।
‘पूर्वेली लोकभाकामा आधारित यो गीत खडकाजीले थेगोको रुपमा मात्र प्रयोग गर्दै आइरहे पनि कहीं कतै रेकर्डिङ नभएकाले मैले थप परिमार्जन गरेर रेकर्ड गराएको हुँ’ उनले भने । गीतलाई शब्द संगीत थपेर सुन्न योग्य बनाइएको छ । केही शब्दमा छाडापनको झल्को दिए पनि गीतले सबैको मन तानेको छ । राजधानी लगायत पूर्वी नेपालका एफ.एम. रेडियोहरुमा यस गीतले राम्रो स्थान पाइरहेको छ ।
इलामको शान्तिपुरमा जन्मिएका गायक राईका ‘ओ मिस’ र ‘भेटन आउँदैछु’ दुईवटा एल्बम बजारमा छन् । गाई चटारिन्छ गीत पूर्वेली गाउँघरमा विहे–बटुलो, मेला–पातमा बुढापाकाले गाउँने गरेको गायक रमेशले बताए ।
comments powered by Disqus
Post a Comment