- Back to Home »
- खेतान ग्रुपको स्पोन्सरमा नेकपा माले महाधिवेशन !
राजधानीमा जारी नेकपा मालेको महाधिवेशनलाई नेपालको अग्रणी व्यवसायीक घरना खेतान ग्रुपले स्पोन्सर गरिदिएको थाहा भएको छ । विघठित संविधानसभामा सभासद् बनेका राजेन्द्र खेतानले माले महाधिवेशनको लागि भन्दै २५ लाख रूपैँया सहयोग गरेका छन् । सुरूमै करोड बुझाएर सभासद बनेका खेतानले संविधानसभा विघठन भएपछि पनि मालेलाई ठूलो आर्थिक सहायता गर्दै आएका छन् । आगामी संविधानसभामा समेत सभासद बनाउने सीपी मैनालीको आश्वासनपछि खेतानले महाधिवेशनको स्पोन्सर गरिदिएका हुन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको उदघाटन सत्रको समयमा खेतान ग्रुपले नै मिनरल वाटरको व्यबस्था गरिदिएको थियो । महाधिवेशन प्रतिनिधिलाई खाने र बस्ने व्यबस्था खेतान लगायत व्यापारीबाट उठाइएको चन्दाबाट व्यवस्थापन गरिएको छ ।घुस खाएको आरोपमा मन्त्री पदबाट बर्खास्तीमा परेका पूर्व श्रममन्त्री कुमार बेल्बासेले पनि म्यानपावर व्यवसायीबाट समेत मोटो चन्दा उठाएका थिए । ललितपुरको शोभाहिटीमा चल्ने बन्दशत्रका लागि राम्रो व्यवस्था गरिएको छ ।
‘कार्यकर्ता पलायन रोक्नपनि महाधिवेशनमा आउने जाने र बस्ने राम्रो व्यवस्था गरेका छौ', मालेका एक केन्द्रीय सदस्यले भने, 'कुनै पार्टीको महाधिवेशनमा चन्दा उठाउने बिषयलाई अतिरञ्जित गरिदिनु भएन । बन्दसत्रमा संघीयताको बिषयमा छलफल हुनेछ ।'
comments powered by Disqus

Post a Comment