Ad

Posted By : Govinda Baniya

संस्मरण -मेरो स्मृतिमा बेनी मोर्चा


महान् जनयुद्धको विकास प्रकृयासँगै थुपै्र हारजीत, क्षतिउपलब्धिहरूको बिचबाट गुज्रंदै भिषण चुनौतीको सामना गर्दै, महान् संभावनाका नयाँनयाँ क्षितिजहरू उघार्दै जनयुद्धले आफ्नो आठौं बसन्तहरू पार गर्दै नवौँ वर्षमा ओझिला पाइलाहरू बढायो । आफ्नो जीवनको सबैभन्दा पीडादायी, कष्टकर, लामो र भीषणताको बिचबाट रणनीतिक रक्षाको चरण पार गरेर अत्यन्त सम्वेदनशील चरण रणनीतिक सन्तुलनको चरणमा पदार्पण ग¥यो । कहिले रोमियो’, ‘किलोशेराटुअपरेशन त कहिले अत्यन्त आततायी जङ्गगली अपरेशन, सङ्कटकालको त्यागतपस्या र उच्च वलिदानद्वारा प्रतिरोध ग¥यो । कहिले देशैभरि माओवादीमय वातावरणको श्रृजना गर्दै, काठमाण्डौका हरेक गल्ली र चोकहरूमा गणतन्त्रजिन्दावाद, माओवादीजिन्दावादका नाराहरू गुञ्जाउँदै सिंहदरबारनारायणहिटीदिल्ली हुँदै अमेरिकी ह्वाइटहाउससम्मका प्रतिकृयावादीहरूमा जनयुद्ध र गणतन्त्रको भूत सवार गराउन सफल भयो । कुनैबेला खुकुरी र भरुवा बन्दुक लिएर चौकी कब्जा गर्न जानेले कुनै दिन ठूलठूला चलायमान र मोर्चाबद्ध युद्धको अभ्यास गर्दै दाङ, स्याङ्जा, सोलु, अछाम, अर्घाखाँची, गाम, जुम्लाका अत्यन्त ऐतिहासिक र उच्च मोर्चाहरू निकै वीरतापूर्ण र सफलतापूर्वक सम्पन्न ग¥यो । दोस्रो वार्ताकालको अन्त्यसँगै देशैभरि निकै बहादुरीपूर्ण र तिलस्मी प्रकारका कमाण्डो एक्सनको साथमा कैयौँ सानाठूला गरेर सैयौँ मोर्चाहरू सफल भए । विकेन्द्रित कारवाहीको सफलतासँगै ठूलठूला कार्वाहीको माग स्वभावैले बढ्दो रहेछ । यसै अवधिमा हान्डिङ, भावाङका मोर्चाबद्ध लडाइँ र बाँकेको कुसुम र भालुवाङको साहसिक रेडका आंशिक असफलताबाट दुश्मनको मनोबल क्षेणिकरूपमा उठेजस्तो देखिनु कुनै आश्चर्यको कुरा थिएन । यो अवस्थामा दुश्मनको दुश्प्रचारसँगै हाम्रा मध्यमवर्गीय तप्कामा केही अन्योलताको वातावरण अवश्य श्रृजना भयो ।

कस्ले गर्र्यो सदरूल मियाँको निर्मम हत्या ?


नेपालमा मुस्लिम अगुवाको हत्यामा अन्तराष्ट्रिय गिरोहको संलग्नताको आशंका गरिन्छ । पूर्वमन्त्री मिर्जादिल सादवेग, संचार उद्यमी जमिम साह र मुस्लिम नेता फैजान अहमदको हत्या सम्ममा अन्तराष्ट्रिय गिरोहको संलग्नता रहेको पाइएको छ ।
राष्ट्रियताको पक्षमा खरो कुरा गर्ने पूर्व स्वतन्त्र सभाषद सदरूल मियाँको हत्यामा पनि त्यस्तै अन्तराष्टिय गिरोहको संलग्नता रहेको अनुमान गर्नेहरूको कमी छैन् । तर, मियाँको हत्या राजनीतिक प्रतिसोधका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
सुरक्षा स्रोतले मियाँको हत्यामा अन्तराष्ट्रिय गिरोहको हत्या नभएको प्रारम्भिक अनुमान गरेको छ । मियाँलाई चिनेका अन्य मुस्लिम अगुवाले पनि सदरूललाई बाह्य सुरक्षा थ्रेट नभएको बताउँछन् । ‘खासकुरो त छानविनपछि आउँला, मियाँलाई चिनेका अर्का मुस्लिम कार्यकर्ता भन्छन्, 'फैजान वा जमिमको जस्तो षडयन्त्र होइन ।’
हत्या राजनीतिक षडयन्त्र ?
०५४ सालमा नेपाली काग्रेसको तर्फबाट कल्याणपुर गाबिस २ मा वडा अध्यक्ष निर्वाचित भएर राजनीति सुरू गरेका मियाँ स्थानिय स्तरमा लोकप्रिय थिए । संविधानसभामा मियाँसँग संगत गरेका सभासद विश्वेन्द्र पासवानले हत्यामा राजनीतिक षडयन्त्र रहेको बताए । सप्तरीमै रहेका पासवानले नेपालीहेडलाइन्सलाई भने, 'हत्या राजनीतिक पूर्वाग्रहले भएको हो ।’
संविधानसभा निर्वाचनमा राष्ट्रिय स्तरका ठूला दललाई पछारेर मियाँ स्वतन्त्र सभासद बनेका थिए । एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले तथा तीनवटा मधेशी दललाई पछारेर मियाँ निर्वाचित भएका थिए । मियाँले १० हजार ६ सय ३ मत ल्याएर चुनाव जितेका थिए ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका दानलाल चौधरी थिए, उनले ६ हजार ४ सय ७९ मत प्राप्त गरेका थिए । एकीकृत माओवादीकी सरस्वती कुमारी चौधरीले पनि ६ हजार हाराहारी मत ल्याएकी थिइन् । काग्रेसका उम्मेदवार मुक्तिनाथ चौधरी र फोरमका छेदिलाल यालवको जमानत जफत भएको थियो ।
संविधानसभाको निर्वाचनको तयारी सुरू भएको समयमा मियाँको लोकप्रियताबाट झस्किएका शक्तिले उनको हत्या गरेको आशंका गरिएको छ । अघिल्लो निर्वाचनको नजिता हेर्दा उनका प्रतिद्वन्दी एमाले र माओवादी उम्मेदवार छन् । मियाँको हत्याका सम्बन्धमा केही केहीले भने एमालेकै नेतातर्फ औला समेत ठड्याएका छन् । आफ्नो निकट प्रतिद्धन्दी एमालेका सभाषद् भएका कारण पनि उनीहरूले यस्तो आशंका गर्दै त्यसतर्फ औला ठड्याएका हुन् । प्रहरीले मियाँको हत्याबारे अनुसन्धानको दायरा फराकिलो पार्ने बताएको छ ।
संविधानसभामा बबन सिंह र मियाँ दुईजना मात्र स्वतन्त्र सभासद थिए । संविधानसभाको संवैधानिक समिति र राष्ट्रिय हित संरक्षण समितिमा उनले काम गरेका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री बनेको समयमा समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छलफल गरेको समयमा सिमा क्षेत्रमा भारतीयबाट नेपालीमाथी भइरहेको दमनबारे बोल्दै गर्दा उनले आशुँ चुवाएका थिए ।
मियाँको हत्या सम्बन्धमा पूर्वमन्त्री जयप्रकाश गुप्ताको भनाई यस्तो छ...
पूर्व सभासद सदरूल मियाको हत्या एक कायरतापूर्ण कार्य हुन् । सबैका प्रिय ऊनी धार्मिक विचारका थिए । उनको आत्माले शांति पाउन् । यस घटनाको गंभिरताका साथ छानविन हुनै पर्दछ । हाल देशकै र खास गरी सप्तरी, सिरहा तिरको खस्कदों सुरक्षाले हामी सबैको जीवनलाइ खतरामा पारेको छ । जो सरकारको विपक्षमा छ वा सरकारको चासो भित्र छैन, उ कुनैपनि बेला मर्न सक्ने स्थितिमा छ । नमारूञ्जेल बाच्ने अवस्था मात्र छ । निर्वाचन पहिलेको यो घटना सामान्य होइन हैं । यसमा विचार हुनै पर्दछ ।

-नेपालीहेडलाईन्स

बाबुरामलाई सिद्याउन यस्तो षड्यन्त्र हुँदैछ ।


जनयुद्धकालमा प्रचण्डले बाबुराम भट्टराईलाई झण्डै सिध्याएका थिए। २०६१ को मंसिरमा पार्टी हेडक्वार्टरमा १३ बुँदे फरकमत दर्ता गराएपछी प्रचण्डले उनलाई कारवाही गर्दै श्रव शिविरमा पठाएका थिए। त्यसताका बाबुरामको जीवन सुरक्षाको लागी नेपाल देखी भारतसम्म आवाज उठेको थियो।
पछि बाबुराम भट्टराईमाथीको कारवाही फिर्ता भयो, बाबुरामकै सम्वन्धमा टेकेर माओवादीले भारतसंग केही हद सम्म सम्वन्ध सुधार्न सफल भएको थियो।त्यसयता पनि प्रचण्डले मोहन वैद्यको ग्याङतिर लागेर भारतलाई गाली गर्ने र भारत चाहिय फेरी बाबुरामकै फेरो समात्ने गरे। बाध्यताले बिचमा प्रचण्ड बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए। एमाओवादी पार्टी फुट्यो।
त्यस यता पनि मोहन वैद्य समुहले उनको पार्टी भित्र खेदो खन्ने गरेको थियो एउटा धोवीघाट घट्नालाई बिर्सने हो भने। उनलाई भारतको दलाल भन्ने गर्थे प्रचण्ड र वैद्यहरु। वैद्यहरु त अझै भन्छन् तर प्रचण्डले भने केही समय यता भन्न छोडेका छन।
माओवादी पार्टीले एउटा 'फड्को' मार्यो, बाबुरामले पनि मारे। कुनैबेला माओवादी पार्टीमा बाबुरामले गाली र अपमानित नभएको दिन हुँदैनथ्यो।बागमतीमा धेरै पानी बगिसक्यो र माओवादीको हिजोको इतिहास तिनकै नेता कार्यकर्ताले भुल्न थालिसके ।
माओवादीमा पहिले देखीनै प्रचण्डपछि दोस्रोतहको नेताको को भन्ने विषयमा विवाद रह्यो। प्रचण्ड प्रधानमन्त्री हुँदा ताका बाबुरामलाईसरकारको दोस्रो बन्न समेत दिएका थिएनन् प्रचण्डले। एमालेका उपाध्यक्ष बामदेव गौतमलाइ उनी भन्दा अघि राखिएको थियो।पार्टीमा बाबुरामलाई दोस्रो बन्न नदिन दिनरात वैद्य खेमाले अनके प्रपञ्च गरिरहन्थ्यो।
पार्टी फूटेर मोहन वैद्यहरु पाखा लागेपछि बाबुराई भट्टराई एमाओवादीमा पहिले भन्दा शक्तिशाली र प्रचण्डपछि दोस्रो नेता बनेरै छोडे।तर अब पुनः एकपटक बाबुराम भट्टराई विरुद्ध उनकै पार्टीमा षडयन्त्र शुरु भएको बताइएको छ।बाबुरामलाई सरकारमा लगेर धेरै खुइल्याइएको भन्दै पार्टीबाट सिध्याउन एउटा समुहनै लागेको स्रोतको दावी छ। उनलाई दोस्रो नम्बरबाट झार्न नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दसंग समेत कुरा पुगेको बताइएको छ। बाबुराम कताराबाट स्वदेश फर्कनु अगावै उनलाई पार्ने जाल तयार गरिन लागेको स्रोत बताउँछ। यसपटक प्रचण्ड भने प्रत्यक्ष सहभागी नरहेको बताइएको छ। बाबुराम विरुद्ध सोझै लाग्दा भारतले निहँ खोज्ने बुझाइमा प्रचण्ड रहेको बताइन्छ।
तर प्रचण्डकै विश्वासपात्र मानिने कृष्णबहादुर महरा यो खेलमा लागेको स्रोत बताउँछ।उनले नेत्रविक्रम चन्दा भन्दा अघि एमाओवादीकै ४-५ नेतासंग घनिभुत छलफल गरेको माओवादी नेताहरु बताउँछन । महराले प्रचण्डसंग केही समय यता ठुलो जिम्मेवारी माग्दै आएका छन्। उनले पहिले पोस्टबहादुर पोगटीलाइ महासचिवबाट हटाएर त्यो स्थान आफै लिने कोशिस समेत गरेका थिए । 
तर बाबुराम भट्टराईको कडा प्रतिवादपछि पछि हटेका महरा अब भने बाबुराम विरुद्धनै लागेको बताइन्छ।
नेत्रविक्रम चन्द नजिकको स्रोतले पनि कृष्ण बहादुर महराले एमाओवादीमा फर्किए बाबुरामलाई धकेलेर प्रचण्डपछीको दोस्रो नेता बनाइदिने प्रस्ताव आएको जनाएको छ। महराले चन्दलाई बाबुराम अब भारतको दलाल भएको पुष्टि भइसकेकाले अब उनलाई हटाउन ढिला गर्न नहुने बताएको स्रोतले दाबी गरेको छ।


-नेपालीहेडलाईन्स !

१० करोड जनावरले फेसबुक चलाउँछन्

सोसल नेटवर्किङ साइट फेसबुकका अहिले १ अर्ब भन्दा बढि सक्रिय प्रयोगकर्ता छन् । ती फेसबुक प्रयोगकर्ता सबै हामीजस्तै मान्छे नै हुन् भन्ने तपाइँहाम्रो ठम्याइ हो । तर अचम्मको कुरा के छ भने फेसबुकमा हरेक दशमा एक प्रयोगकर्ता मात्र मान्छे हुन् र बाँकी एक कि त जनावर हो, कि त कुनै ब्राण्ड हो वा कम्पनी हो .

359267

पछिल्लो अध्ययनले फेसबुकका दश प्रतिशत प्रयोगकर्ता गैरमानव रहेको तथ्य पत्ता लगाएको हो । फेसबुकका कम्तीमा १० करोड सक्रिय प्रयोगकर्ता घरपालुवा जनावर तथा कुनै कम्पनी वा ब्राण्ड हुन् ।




रोचक कुरा त के भने फेसबुकका संस्थापक मार्क जुकरबर्गको कुकुर समेत फेसबुकको प्रयोगकर्ता हो । जुकरबर्गको कुकुर बिष्टको नाममा पनि फेसबुक पेज खोलिएको छ । जुकरबर्गको कुकुरको फेसबुक पेज १५ लाख भन्दा बढिले लाइक गरेका छन् ।
इन्टरनेट मार्केट रिसर्च कम्पनी इ मार्केटरका अनुसार फेसबुकका १ अर्ब बढि प्रयोगकर्ता मध्ये केवल ८८ करोड ९३ लाख मात्र खास मान्छे हुन् । यद्यपि बाँकी अकाउण्ट पनि मान्छेले नै खोलिदिएका हुन् । तथापि त्यो जनावर, कम्पनी वा ब्राण्डको नाममा खोलिएको तथा चलाइएको छ ।





Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya