- Back to Home »
- संस्मरण -मेरो स्मृतिमा बेनी मोर्चा
महान्
जनयुद्धको विकास प्रकृयासँगै थुपै्र हार–जीत, क्षति–उपलब्धिहरूको
बिचबाट गुज्रंदै भिषण चुनौतीको सामना गर्दै, महान् संभावनाका नयाँनयाँ
क्षितिजहरू उघार्दै जनयुद्धले आफ्नो आठौं बसन्तहरू पार गर्दै नवौँ वर्षमा ओझिला
पाइलाहरू बढायो । आफ्नो जीवनको सबैभन्दा पीडादायी, कष्टकर,
लामो
र भीषणताको बिचबाट रणनीतिक रक्षाको चरण पार गरेर अत्यन्त सम्वेदनशील चरण रणनीतिक
सन्तुलनको चरणमा पदार्पण ग¥यो । कहिले ‘रोमियो’,
‘किलोशेरा–टु’
अपरेशन
त कहिले अत्यन्त आततायी जङ्गगली अपरेशन, सङ्कटकालको त्याग–तपस्या र
उच्च वलिदानद्वारा प्रतिरोध ग¥यो । कहिले देशैभरि माओवादीमय वातावरणको
श्रृजना गर्दै, काठमाण्डौका हरेक गल्ली र चोकहरूमा ‘गणतन्त्र–जिन्दावाद,
माओवादी–जिन्दावाद’का
नाराहरू गुञ्जाउँदै सिंहदरबार–नारायणहिटी–दिल्ली
हुँदै अमेरिकी ह्वाइटहाउससम्मका प्रतिकृयावादीहरूमा जनयुद्ध र गणतन्त्रको भूत सवार
गराउन सफल भयो । कुनैबेला खुकुरी र भरुवा बन्दुक लिएर चौकी कब्जा गर्न जानेले कुनै
दिन ठूलठूला चलायमान र मोर्चाबद्ध युद्धको अभ्यास गर्दै दाङ,
स्याङ्जा,
सोलु,
अछाम,
अर्घाखाँची,
गाम,
जुम्लाका
अत्यन्त ऐतिहासिक र उच्च मोर्चाहरू निकै वीरतापूर्ण र सफलतापूर्वक सम्पन्न ग¥यो ।
दोस्रो वार्ताकालको अन्त्यसँगै देशैभरि निकै बहादुरीपूर्ण र तिलस्मी प्रकारका
कमाण्डो एक्सनको साथमा कैयौँ साना–ठूला गरेर सैयौँ मोर्चाहरू सफल भए ।
विकेन्द्रित कारवाहीको सफलतासँगै ठूलठूला कार्वाहीको माग स्वभावैले बढ्दो रहेछ ।
यसै अवधिमा हान्डिङ, भावाङका मोर्चाबद्ध लडाइँ र
बाँकेको कुसुम र भालुवाङको साहसिक रेडका आंशिक असफलताबाट दुश्मनको मनोबल
क्षेणिकरूपमा उठेजस्तो देखिनु कुनै आश्चर्यको कुरा थिएन । यो अवस्थामा दुश्मनको
दुश्प्रचारसँगै हाम्रा मध्यमवर्गीय तप्कामा केही अन्योलताको वातावरण अवश्य श्रृजना
भयो ।
वसन्त ऋतुको आगमनसँगै पाखाहरूमा लालीगुराँस राताम्य भएर पूmल्न थाले । रुख, लता–लहराहरूमा नयाँ पालुवा पलाउन थाल्यो । माहुरीहरू मीठो महको भण्डारणको निम्ति पूूmलहरूमा झुम्मिन थाले । ठीक यही समयमा देशका ९५% शोषित–पीडित मुक्तिकामी श्रमजीवी वर्गले साहसका साथ स्वतन्त्रताको निम्ति बन्दुक उठाएको ८ वर्ष पुरा गरेर ९ वर्ष प्रवेशसँगै जनतामा छाएको उत्साहको साथमा केही अन्योलता चिरफार गर्नुपर्ने आवश्यकता थियो । किनकि जनतामा साँच्चि नै माओवादीहरूले ठूला कारवाही गर्न सक्दैनन् त ? भन्ने पर्न थालेको थियो । त्यसैले रणनीतिक सन्तुलनलाई भत्काएर रणनीतिक प्रत्याक्रमणमा प्रवेश गर्न साहसिक कदम उठाउनुपर्ने आवश्यकता, संगीन र गम्भीर जिम्मेवारीपूर्ण कार्य जनमुक्ति सेनामा आएको कुरा सबैका अनुहारमा सजिलै पढ्न सकिन्थ्यो ।
फागुन महिनाको अन्त्यतिर विकेन्द्रित कार्वाहीलाई आ–आफ्नो कार्यक्षेत्रमा अगाडि बढाइरहेका जनमुक्ति सेनाका लाल टुकडीहरू, कमरेड पासाङको कमाण्डमा रहेको पश्चिम डिभिजन अन्तर्गतका ‘मङ्गलसेन फष्ट ब्रिगेड’, ‘लिस्नेगाम सेकेन्ड ब्रिगेड’, ‘सतबरिया थर्ड ब्रिगेड’ र ‘बासु स्मृति फोर्थ ब्रिगेड’ हुँदै आ–आफ्ना सम्पूर्ण युद्ध सामग्रीहरू, झोला–गुण्टासहित आधार इलाकाका प्यारा र अजम्बरी बस्तीतिर केन्द्रित हुन थाले । विशेष जनसैन्य अभियानले अख्तियार गरेको ‘सम्पूर्ण सहयोग जनमुक्ति सेनामा केन्द्रित गर्ने’ नीति अन्तर्गत हरेक गाउँ, बस्ती, जिल्ला र क्षेत्रका जनमुक्ति सेनालाई भव्य स्वागत र विदाई कार्यक्रमद्वारा पहिरिएका राताम्यै अबिर र पूmलहरूले अझ बढी गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने महशुस सबैमा भइरहेको थियो । यस्तो उल्लासमय वातावरण देखिन्थ्यो कि कतै विभिन्न सांस्कृतिक टोलीहरूले आफ्नो जोशपूर्ण कलाहरू प्रस्तुत गर्दै, जनमुक्ति सेनलाई नयाँ मोर्चा सम्हाल्नको लागि उत्प्रेरित गरिरहेका थिए त कतै मगराँत स्वायत्त प्रदेशको तर्फदेखि स्वागत तथा अभिनन्दन कार्यक्रमहरू भैरहेका थिए । यस्तो लाग्थ्यो नयाँ पर्वको स्थापनार्थ जुटेका राता मान्छेहरूको पङ्क्ति र हुलहरू आफ्ना काखमा उन्मुक्तिका साथ परेड खेलिरहेको देख्दा सिस्ने र जलजला पहाडले पनि खुसी र गर्वले छाती फुलाउँदै अडिगतापूर्वक धम्म बसिरहेका थिए ।
दैनिकजसो हतियार परीक्षणको आवाज पाखा पर्वतहरूमा गुञ्जिरहन्थे । घरेलु हतियारहरू पनि साँच्चिकै आधुनिक हतियारजस्तै भान हुन्थ्यो । सबै गाउँ, बस्ती, टोल, बाटाघाटा र गल्लीहरूमा जनसेनाका ताँतीहरू यताउता गरिरहेका देखिन्थे । खाद्यान्नको ओसारपसार गरिरहने जनताको लाइन पनि बाटाहरूमा टुट्दैनथ्यो । उसैगरी खच्चडहरूको हुल पनि । दाङ, कपिलवस्तु, रोल्पा, रुकुम र सल्यानका बस्तीहरूबाट जनमुक्ति सेनाका लागि तयार पारिएका मासु र सातुका पोकाहरू दैनिक रूपमा आइरहन्थ्यो । साँच्चि नै नयाँ युगको निम्ति सम्पूर्ण शक्ति यो कार्यमा केन्द्रित गरिएको थियो ।
स्वचालित हतियार सज्जित कमाण्डोहरू, एसल्टहरू पहिलो, दोस्रो, तेस्रो, रिजर्व, स्टप, सपोर्ट, स्वास्थ्यहरू, त्यसैगरी स्वयम्सेवकहरू आ–आफ्ना जिम्मामा गम्भीर छन् । ८१–एमएम, जिपिएमजि, एलएमजि, रकेटलञ्चर, २” मोर्टार, टिटिएसजस्ता आर्टिलरी हतियारहरू, त्यसैगरी एम–१६, इन्सास, एके–४७, एसएमजि, एसएलआर, गलिलजस्ता अत्याधुनिक र स्वचालित हतियारहरू पनि राम्रोसँग परीक्षण गरेर तयारी हालतमा राखिएका छन् । स्यान्डमोडल कोचिङपछि सबै स्क्रीनमोडलको लागि जम्मा हुन्छन् । डिभिजन कमाण्डर कमरेड पासाङबाट कोचिङ सुरू हुन्छ । ‘हामी म्याग्दीखोलाको तिरैतिर जानेछौँ दोस्रो र तेस्रो ब्रिगेड यो खोला तिरबाट, पहिलो र चौथो ब्रिगेड यो फिल्महलतिरबाट यसरी जाने । हाम्रो ८१–एमएम यहाँ रहनेछ, जिपिएमजिहरू खोला पारीबाट दुईवटा र खोलावारीबाट दुईवटा यसरी ब्यारेक र जिप्रकामा केन्द्रित गरिनेछ । एलएमजिहरू घरका अग्ला छतहरूमा फिट गरिनेछ । हाम्रा रकेटलञ्चरले यी हाइपोष्टहरू ध्वंश गर्नु पर्नेछ । कोही पनि नहतारिइकन विवेकलाई सही प्रयोग गर्दै हामी लड्नेछौँ, नजितेसम्म लड्नेछौँ, दिनभरि–रातभरि, एक दिन, दुई दिन, तीन दिन । फस्टमा हामीले जिपिएमजिद्वारा फायर ओपन गर्नेछौँ, त्यसपछि लगातार पन्ध्र मिनेटसम्म ८१–एमएमको वर्षा गरिनेछ । यो अवस्थामा दुश्मन र उसको ब्यारेक एकहदसम्म ध्वस्त र तहसनहस हुनेछ । यही अवसरमा एसल्टहरू दु्रतगतिमा उसको बङ्कर र भित्ताहरूमा कभर लिँदै कभरिङ फायर गर्नुपर्ने छ । जब कमाण्डरले उपयुक्त परिस्थितिको सही आँकलन गरेर ‘कमाण्डो…’ कासन गर्नेछ, तब हाम्रा स्वचालित हतियारधारी कमाण्डोहरू क्षणभरमा दुश्मनको क्याम्पभित्र स्वाट्ट छिर्नेछन् र सबै अगाडि बढेर कब्जा गर्नेछौँ । यदि रातमा लडाइँ फाइनल भएन भने हामी मोर्चाबद्ध लडाइँ लड्नेछौँ । कतिले अगाडि लडाइँ गर्दै जाने कतिले बोरीमा बालुवा भरेर अगाडि बङ्कर बनाउने, टे«न्च खन्ने, टनेल बनाउने, कतिले खाना बनाउने, रातभरि लडेकाहरूले आराम गर्ने र रातमा आराम गरेकाहरूले दिनमा लड्ने । दुश्मनलाई एकछिन पनि फुर्सद नदिने ताकि पानी पिउन पनि नपाओस्, भोकभोकै लड्नुपर्दा अन्तिममा आत्मसमर्पण गर्नु श्रेयष्कर ठानोस् । हाम्रा घाइते र शहादत कमरेडहरूलाई स्वयम्सेवक दलहरूले एसल्टमा गएर ब्याक गराउने तर लडाकुहरूपछि नहट्ने, आवश्यक परे स्वयम्सेवकहरूले पनि हतियार लिएर मोर्चा सम्हाल्ने । दुश्मनको यो इन्जिनियरिङ्ग र बटालियनस्तरको फोर्सलाई ध्वस्त पा¥यौँ भने हाम्रो विजय अभियान सुरू हुनेछ । दुश्मनको मनोबल गिर्नेछ, हायलकायल हुनेछ, विद्रोहको प्रकृया सुरू हुनेछ । यसले हाम्रो रणनीति, कार्यनीतिलाई नै प्रभाव पार्नेछ । यसरी हामी जित हासिल नहुन्जेल लडिरहनेछौँ । कुनै हालतमा हामी विजयी हुन सकेनौँ भने हामी लुसुक्क परेर फर्कनुको कुनै औचित्य हुने छैन । हाम्रो आधार इलाका, हाम्रो जनाताको यत्रो लगानी छ कि जसले हामीले हारेर फर्कने बाटो बन्द गरिदिएको छ । त्यसरी फर्कनु भन्दा त्यहीँ काली गण्डकीमा डुबुल्की मार्दै तलतिर बग्नु नै उपयुक्त विकल्प हुनेछ ।’ यसरी पासाङले व्याटलफिल्डको ब्रिफिङ्ग गर्दा छिनमै उत्तेजित, छिनमै आक्रोशित, छिनमै गम्भीर हुँदै दुश्मनलाई आफ्ना आक्रोशित नजरमा घुमाउँदै सिङ्गो डिभिजन प्रशिक्षित भैरहेछ । आफ्नो आर्क, आफ्नो जिम्मामा सबैजना ढुक्क छन् । गम्भीर छन्, दृढ छन्, अन्योल भन्ने त कसैमा छँदै छैन । हार्ने भन्ने त कसैले सौच्नै सक्दैन । सबैमा उत्साह–उमङ्ग र बलिदानीभावको सञ्चार भएको छ । ताकि ऐतिहासिक कार्वाहीको महान् सहिद हुने उत्कृष्ट अभिलाषा पनि सबैमा छ । दिनदिनै युद्ध अभ्यासहरू भैरहेका छन् । बटालियन र कम्पनीहरूमा आ–आफ्नो आर्क र जिम्माको बारेमा कोचिङ गर्ने, छलफल अन्तरक्रियाहरू भैरहेका छन् । निश्चित समय तालिकाअनुसार तयारीहरू भैरहेका छन् । सिङ्गो विशेष क्षेत्र परिचालित छ । कतै सल्यानका स्वयम्सेवकले मेष चलाइरहेका छन्, कतै रुकुमका त कतै रोल्पा, प्यूठानकाले । सिङ्गो ठूलो शहर बसालेजस्तो देखिने, धेरै समयदेखि भेट नभएका कमरेडहरू एक आपसमा भेट हुने अवसर पाएका छन् । एक प्रकारले ठूलो भेलाजस्तो पनि देखिन्छ । स्वयम्सेवकले सँगै रहेको साथीलाई ‘कुन फर्मेसनमा रहेका र कति लडाइँ लडेको, अहिलेसम्म कस्तो अनुभूति गरेको’ भनेर सोधिरहन्छन् र सोहीअनुसारको उत्तर सेनाका साथीले दिइरहेका छन् । उता सेनाले पनि स्वयम्सेवकलाई सोध्छन् ‘कतिसय आउनु भएको छ ? गाउँ, जिल्लातिर कस्तो छ ? पार्टी कमिटि र जनसत्ता कत्तिको सुदृढ भइरहेको छ ।’ यसरी सोध्ने र एक अर्काको जवाफमा दङ्ग परेर रुचिपूर्वक सुन्ने प्रकृया प्रायः आम नै देखिन्थ्यो । स्थानीय जनताले जनसेनाका रुची र आफ्नो क्षमताअनुसारका होटलहरू पनि संचालन गरेका छन् । बङ्गुरको मासु, जेरी खाँदै एकापसमा आत्मीय कुराकानी गरिरहेका छन् ।
‘सऽऽतर्क,
गोडाऽऽफाट’,
डिभिजन–विश्राम’
लुकुम
गाउँको माविको दुबैदुबोले भरिएको सम्म, ठूलो ग्राउण्ड कम्पनीवाइज
पङ्क्तिबद्ध सिङ्गो पश्चिम डिभिजनको जनमुक्ति सेनाहरू डिभिजन कमाण्डर कमरेड
पासाङको कासनअनुसार हरकत गर्दै योजनाप्रति गम्भीर र दृढ हुँदै मार्चिङको आदेश
व्यग्रताका साथ पर्खिरहेका छन् । कारवाहिको लागि आवश्यक सम्पूर्ण तयारी सिध्याएर
अब लक्षित प्वाइन्टतिर अगाडि बढ्ने दिन आएको थियो । मगरात स्वायत्त प्रदेश,
पार्टी
सङ्गठनको विशेष क्षेत्रीय ब्यूरोले सिङ्गो डिभिजनलाई कार्वाही सफलताको अग्रीम
शुभकामना सहित बिदाई कार्यक्रमको आयोजना भएको थियो । तत्कालिन कार्वाही कमिसार
कमरेड विप्लव, कार्वाही कमाण्डर कमरेड पासाङहरूलाई अबिर माला लगाएर
पिविएम कमरेड रविन्द्र र मगराँत स्वायत्त प्रदेश प्रमुख कमरेड सन्तोष बुढामगरले
सुरू गर्नुभएको बिदाई कार्यक्रम ब्रिगेड कमाण्डरहरू परिवर्तन,
जीत,
विविध,
बरुणहुँदै
बटालियन कमाण्डरका साथै सदस्यसम्म अबिर मालाले छपक्कै ढाकियो । कलाकारहरूको गीत र
सङ्गीतहरू गुन्ज्यो । कमिसार, कमाण्डरहरूलगायत नेतृत्वतहबाट
प्रतिबद्धता र शुभकामनाका मन्तव्यहरू दिने काम भयो ।
‘हामी आफू मर्नेछौँ तर प्लानलाई सफल बनाउने छौँ । यही सङ्कल्पका साथ सबै योद्धाहरूले दरिलो मुठी कसेर उठाउनुहोस् ।’ डिभिजन कमाण्डरको यो प्रतिबद्ध कासनसँगै सम्पूर्ण कमिसार–कमाण्डर लगायत सिङ्गो डिभिजनले एउटै भावका साथ मुठ्ठी कस्दै यही सपथ खायौँ र धेरैबेर मुठी कसेर उठाई रह्यौँ । मानौ यस्तो लाग्थ्यो, यो त एउटा बाँध बाँधेर अड्याएको नदी हो यसले निकास पाउने वित्तिकै अगाडिका सारा कुडा करकट बगाउँदै अघि बढ्नेछ, जुन फेरि रोक्न सकिने कुनै सम्भावना बाँकी रहने छैन । यो त आफ्नो वर्गप्रति उत्तरदायी, पार्टी र क्रान्तिको योजनामा समर्पित, लक्ष्यप्रति दृढ, मालेमावाद र प्रचण्डपथको धारिलो हतियारले लैस महान् सहिदहरूको सम्मान र जिम्मेवारीबोधले गम्भीर मानव समुन्द्र नै हो जसले विश्वका जुनसुकै प्रतिक्रियावादीहरूलाई डुवाइदिनेछ, नामेट हुनेगरी । ज्वालामुखी हो, जहाँकहिँका प्रतिक्रियावादी क्याम्पहरूमा विष्फोटित हुनेछ । भूकम्प हो, लुटका हरकुनै ‘स्वर्ग’हरूमा कम्पायमान पार्दै तहसनहस र उथलपुथलका साथ केवल भग्नावशेष मात्र खडा गरिदिनेछ । जेहोस्, यो त्यस्तो अद्वितीय र अजोडा शक्ति नै हो, जुन अध्यक्ष कमरेड माओको निधनपछि फेरि पहिलोपटक आफूलाई सबैभन्दा ठूलो अपराजय शक्तिको रूपमा दिन दुुगुणा र रात चौगुनाका दरले सङ्गठीत र विकास गरिरहेछ ।
अध्यक्ष कमरेड प्रचण्डले पठाउनुभएको अग्रिम सफलताको लागि शुभकामना सन्देश पनि डिभिजन कमाण्डरबाट वाचन गरेर सुनाइयो । यसले त झनै सबैमा थप जिम्मेवारीबोधको महशुस भयो । यदि अध्यक्ष कमरेडले सुन्ने अवस्था भएको भए सबै जोडले कराएर प्रतिबद्ध हुँकार गर्ने थियौँ ‘अध्यक्ष कमरेड हामी जित्नेछौँ । अहँ, हामी कदापी हार्ने छैनौँ, किनकि हामी तपाईंकै सही र वैज्ञानिक मार्गदर्शनमा लामबद्ध छौँ ।’ ठीक छ, यसो गर्नु सम्भव नभए पनि हामी युद्धमोर्चाबाट देखाउनेछौँ । हामी कति समर्पित छौँ, कति प्रतिबद्ध छौँ, साहसी र वीर छौँ, वलिदानीभावले कति ओतप्रोत छौँ ? सबैका मुटुमा यही कुरा धड्किइरहेको आभाष हुन्थ्यो ।
कार्यक्रमको समाप्तीसँगै मार्चिङ्गको उद्घाटन भयो । थुनिएको बाँध खुल्यो । पानी पोखियो, निर्धारित दिशातिर । अब अगाडिका कुनै पनि बाधा व्यवधानहरू पाइलामुनि डुब्ने छन् । पर्खालहरू भत्कने छन् । ‘घमण्डी’ अग्ला डाँडाहरू निहुरिनेछन्, नदीहरू रोकिने छन्, आँधी, हुरी, चट्याङसमेत हरेश खाएर विश्राम गर्ने छन् । तर, यो वेगवान तुफान रोकिने छैन, जबसम्म आफ्नो लक्षित टार्गेटमा गएर धुलो माटो उडाउनेगरी बज्रन पाउने छैन ।
दुःख कठिनाई भन्ने कुरा त अथाह नै हुँदो रहेछ । यो त नेपाली इतिहासकै पहिलो अभ्यास थियो । छ-छ हजारको भूमिगत फोर्स परिचालित हुने कुरा कम जटील र गार्हो पक्कै थिएन । कहिले रातभर हिँडेर पनि निर्धारित सेल्टरमा पुग्न नसकिने, आफै खाना बनाउने अनि निर्धारित समयभित्र फर्मेसन अनुसार मुभ भैसक्नुपर्ने, अन्यथा भोकै पर्ने वा इन्फेन्ट्रीमा परेका ब्रिगेडहरू रियरमा हिँड्नुपर्ने । ढोरपाटन–गुर्जाघाटको जङ्गगलमा सेल्टर लिँदाको जाडो, खुला आकासमुनिको विस्तारा निकै कठीन नै थिए । तर ‘दुःखले मानिसलाई स्पात बनाउँछ’ भन्ने विचार राख्नेहरू साँच्चिकै कडा र पत्थरिला थिए त्यसैले त त्यस्तो कठिनाइलाई पनि सजिलै पचाइदिए । कम्युनिस्ट भन्ने चिजै त्यस्तो हुँदो रहेछ, अत्यन्त मेहनती, परिश्रमी र लगनशिल, सम्मान नगरी सुखै छैन । त्यत्रो दुःख, पिडा र कठिनाई पचाउने अथक क्रान्तिकारी जोधाहाहरूलाई ।
जङ्गगलको बाटो हुँदै अगाडि बढेको यात्रा निकै रमाइलो र रहरलाग्दो देखिन्थ्यो । घुमाउरा बाटोहरूमा नालीबेलीजस्तै फर्मेसन देखिन्थ्यो । कमिलाको ताँतीजस्तै बढिरहेछ, कतिखेरै नरोकिने अनन्त ताँतीले गुर्जाघाट काट्नेवित्तिकै नजिकैजस्तो भान हुने धौलागिरी र माछापुच्छे« हिमश्रृङ्खलाहरू, यसैमा दायाँबायाँ लालीगुराँसहरू विभिन्न रङ्गमा ढकमक फुलिरहेका, त्यसको बिचबाट निरन्तर यात्रारत हतियार, डे«स र झोला बोकेको फौजी लस्कर कम मनमोहक र लोभलाग्दो दृष्य थिएन । बिचबिचमा साथीहरू अत्यन्त खुसी र उमङ्गका साथ एकापसमा सुन्दर र रमणीय प्राकृतिक दृष्यहरू सहित फोटो खिच्ने गथ्र्यौं । म्याग्दीका बाक्ला घरसहितका बस्तीहरू देखिन थाले । लघु जलविद्युत आयोजनाका तारहरू टाँगिएका, ढुङ्गाले छाएका घरहरू, ससाना खोलाहरू छङछङ छहराहरू हुँदै बगिरहेको निकै नै रमाइलो अनुभूति हुन्थ्यो । गाउँका मान्छेहरू जनमुक्ति सेनालाई गिन्ति गरिरहेछन् ‘१,२,३,… ५००, …६००,…१५००, …२०००….३००० ओ हो ! कति धेरै हो । अझै सिद्धिएको छैन । ४००० जति गइसके । अझै आउँदै छन् । यति धेरै गएपछि त जितिहाल्छन् । कब्जा गरिहाल्छन् ।’ यस्तैयस्तै प्रतिक्रिया दिइरहेछन् । हाम्रो योजना पूर्णरूपमा जानकारी पाएजस्तैगरी व्याख्या विश्लेषण र छलफल, अड्कलबाजीहरू गरिरहेको सुनिन्छ । कति उत्सुकता होला, कति उमङ्ग होला । के–के हुँदैछ, के–के देखिँदैछ, जुन आफ्नो जीवनकालमा यस अघि कहिल्यै नदेखेको, नभोगेको । साँच्ची नै अचम्म लाग्थ्यो होला ती न्यायप्रेमी जनसमुदायलाई । त्यसैले त अथाह मायाँ व्यक्त गर्न खोजिरहेका थिए जनमुक्ति सेनालाई सानो ठूलो सहयोग गरेर । मेषमा खटिइरहेका छन्, सप्लाईमा उत्तिकै डटिइरहेका छन् । आफ्ना गोठघर खाली गरिदिएका छन् । लत्ताकपडाहरू आफूले नओढेरै भएपनि आफ्ना प्यारा रक्षकहरूको निम्ति छुट्याएका छन् । कस्तो लाग्ने भने सही विचार, योजना र कार्यनीतिले नै जनतालाई परिचालन गर्न सकिन्छ र त्यही जनताको महासागरमा मात्र प्रतिक्रियावादीहरूलाई डुवाउन सम्भव हुन्छ ।

तोकिएको मितिभन्दा दुई दिन अघि नै २०६० चैत ७ गते दिउँसो एक बजेतिर अन्तिम सेल्टरबाट डिभिजन टार्गेटतिर मुभ गर्दैछ । आ–आफ्नो फर्मेसनअनुसार एसल्टहरू, आर्टिलरीहरू, सञ्चार, स्वास्थ्य स्वयम्सेवक आ–आफ्ना हतियार, सामग्रीहरू बोकेर म्याग्दीखोलाको तिरैतिर, मोटर बाटैबाटो हुरीजस्तै वेगवान गतिमा हिँडिरहेछ । गर्मी, पसिना, तिर्खाको कसैलाई कुनै वास्ता छैन, भोक, थकाई, अल्छी भन्ने त सायद कुनै चराको नाम मात्र हुन सक्थ्यो होला । ‘विस्तारै गए पनि पुगिन्छ…., नआत्तिनुस्…. जितिहाल्नु हुन्छ ।’ बाबियाचौर, तातोपानी, सिमलचौरका जनता उत्साहपूर्वक आँगनमा निस्केर प्रिय शब्दहरूले शुभकामना दिइरहेका थिए । सबै हतारमै थिए । दौडिरहेका थिए । हरेक रेडहरूमा जाँदा दौडिनैपर्ने त यो एक परम्पराजस्तै नै बनेको छ । रात पर्यो, आ–आफ्नो आर्कबाट एसल्टहरू विरालाको चालमा अगाडि बढ्न थाले । सबैको ध्यान केवल घडी र ब्यारेकतिर मात्र छ । ८ बज्यो, बाटो अझै लामो छ । ९ बज्यो, १० बज्यो सदरमुकाम बेनीको झिलिमिलि देखिन थाल्यो । काली गण्डकी र म्याग्दीखोलाको दोभानमा चारैतिरबाट साना डाँडाहरूले घेरिएको खाँेचमा अवस्थित झिलिमिली ठूलो सहरजस्तो भान हुने लक्षित प्वाइन्ट बेनी बजारको रातमा दृष्यावलोकन गर्दै अगाडि बढ्दै छन्, सम्पूर्ण फोर्सहरू । ड्याम्म फायर खुल्यो, पटटट, ड्याम्म… ड्याम, पटटट । अहो ! रातको ११ बजिसकेछ, एसल्टहरू आर्कमा पुगिसकेकाहरू मोर्चा जमाइरहेका छन् । केही ढिलो भएकाहरू कभरिङ फायरको साथमा दु्रत गतिमा अगाडि बढिरहेका छन् । ‘हान–हान्, ठोक–ठोक, समात, नछोड’ जस्ता आवाजहरू आइरहेछन् । एकैछिनमा बेनीबजारभरि वारिपारि, वरपर, तलमाथि जताततै जनमुक्ति सेनाहरू खचाखच भरिए । अन्धकार रातको निश्तब्धता टुटिसकेको थियो । मेन ब्यारेक, सहायक ब्यारेक, जिप्रका, कारागार, सिडिओ कार्यालय जताततै गोली चलिरहेको छ । फोन लाईनहरू बन्द भए, सुतिरहेका बजारबासीहरू जुर्मुराउँदै उठे । ढोका खोले लडाइँ गर्नको निम्ति जनमुक्ति सेनाहरूलाई एलएमजि फिट गर्ने घरका छत उपलब्ध गराइदिए । कुनै होटेलहरूमा स्वास्थ्य पोष्ट निर्माण गरियो । कुनैमा सर्वत पानी तयार हुन थाले । कतै प्राविधिक विभाग बस्यो । लडाइँ भिषण हुन थाल्यो । असिनाझैँ गोली, चट्याङजस्तै बम र गोलाहरूको बिचबाट जनसेनाका एसल्टहरू अगाडि बढ्न थाले । दुश्मनहरू कोही खोलातिर हामफाले त कोही बङ्कर, टनेलभित्र छिर्थे । ‘भाग्यो–भाग्यो, ठोक, नछोड’ आवाजहरू बेलाबेला आइरहन्थ्यो । ‘डिस्चार्ज त्यो बङ्करमा हान्नु पर्छ, हाइपोष्ट त्यहाँ छ, आरएल ल्याऊ, त्यहाँको बङ्करबाट बढी इफेक्टिभ फायर गरिरहेछन्, त्यसलाई यो छतबाट एलएमजिले दवाऊ ।’ निश्चित कमाण्डरहरूले कासन गरिरहेछन्, ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै तुरुन्तातुरुन्तै निर्णय गरिरहेछन् ।
‘हेलो… हजुर …. जिल्ला प्रशासन कार्यालय कब्जा भैसक्यो ? … त्यसोभए तपाईंहरू जिप्रकाको आर्कमा जोडिनुस्’ आफ्नो सञ्चार सेटमा आएको रिपोर्टको आधारमा निर्देशन दिइरहेछन् कमाण्डरहरूले । ‘…हजुर १५ नं. …गतिबाट, हजुर एउटा बङ्कर कब्जा भयो, हजुर, भरखर भाग्दै गरेको तीनजना सेनालाई हतियारसहित कब्जा ग¥यौँ । हाम्रो एकजना घाइते हुनुभयो हजुर । अब सेतो घरमा माइन हान्ने सोच्दै छौँ ।’ आफ्नो भए गरिएका कामको पनि तुरुन्त नै सञ्चार सेटबाट हेडक्वार्टरमा रिपोर्ट पठाइरहेका छन् । मानौ यस्तो लाग्थ्यो गोली, बम र गोलाहरूको आवाजको बिचमा कमाण्डरहरूको कासन, रिपोर्ट र निर्देशन सुन्नेहरू साँच्चिकै घाइते बाघ गर्जिरहेकै महशुस गर्दथे ।
रातभर लडाइँ जारी नै छ । एकछिन पनि खाली छैन, गोली चलिरहेकै छ । बमहरू पड्किइरहेकै छ । दुश्मनको क्याम्पभित्र ‘ऐयाऽऽ, आथ्थु, बचाऊ मरेँे, हे भगवान ! के यस्तो आइलाग्यो’ दुश्मन क्याम्पमा कोलाहल मच्चिरहेको छ । कैयौँ शाही जल्लादहरू आफ्नो जीवनको सम्पूर्ण इहलिला समाप्त गरी पल्टिरहेछन् । मूर्दा शरीर यत्रतत्र खात लागेका छन् । बङ्कर, टनेल, टे«न्च, क्याम्प भित्र बाहिर जताततै रगतको आहाल बगिरहेछ । कैयौँ घाइते अवस्थाको क्षतिवक्षत शरीर सहित चित्कारपूर्ण आवाज निकाल्दै मृत्युको घडी पर्खिरहेछन् । बिहान हुन आँटिसक्यो । अझ जनसेनाको घेरा कमजोर हुनुको साटो झन् भिषण र तेज हमलाका साथ अगाडि बढिरहेछन् । ‘बिहानसम्म यिनीहरू भाग्छन्, जसोतसो उज्यालो बनाउन पाए बाँचिन्थ्यो’ भन्ने झिनो आशाको त्यान्द्रोमा झुण्डिएर राइफल पड्काइरहने दुश्मनको होसहवास नै गुम भयो । बाँच्ने आशा अब कुनै अन्तरकुन्तरमा पनि बाँकी रहेन । विचरा ! यो बेला उनीहरूलाई दया गर्ने न कुनै त्यस्तो शक्ति छ, न त कुनै अदृष्य भगवान नै ।
उत्साहित जनसेनाहरू आगोका लप्काहरू निल्दै, काँडा ओच्छ्याइएका बाटाहरू पार गर्दै, दुश्मनका क्याम्पभित्र पड्किइरहेका छन् । मानवबमजस्तै गोलीका पर्राहरूको कुनै वास्ता छैन । जसले मृत्यु बोलिरहेछ । बमहरू फाट्नु त स्वाभाविकजस्तै छ । दुश्मनप्रति तीब्र घृणाभावले जाइलाग्ने सिंहको निम्ति । गोली थाप्छ छातीमा, न कि पिठ्युमा र धर्ती कम्पायमान पार्दै ढल्छ अनि त ऊ बल्न थाल्छ । ताराहरूजस्तै चम्किलो गरेर । जसको उज्यालोमा बाँकी योद्धाहरू सही बाटो पछ्याउँदै गर्जनेछन्, रक्तपिपासुहरूको खुनी क्याम्पमा । घाइते पनि मापाका नै, रगतको मूल फुटिरहेको छातीलाई एक हातले अठ्याउँदै चार्ज गर्दैछ हाते ग्रिनेटहरू । कस्तो साहस, कस्तो सौर्य, कस्तो बलिदानीभाव । ‘जन्मजात कोही बहादुर हुँदैन, क्रान्तिले मात्र प्राणलाई हत्केलामा राखेर मृत्यलाई हाँक दिन सक्ने बनाई दिन्छ’ कमरेड गोञ्जालोको यो वाक्यांशलाई पुष्टि गरिरहेछन् र नेपाल–अङ्ग्रेज युद्धकालिन अवस्थाको स्मरण गराइरहेछन् । जुन वीरहरू भाला, खुकुरी, भरुवा र धनुषबाणको भरमा मेशिनगनको विरुद्ध जुधेका थिए । त्यसैले त जर्मन सम्राट कैजर विलियम शेक्सपियर ‘म मेरा प्यारा सैनिकहरूलाई विश्वका जुनसुकै सेनाहरूसँग लडाउन रत्तिभर डर मान्दिन तर गोर्खा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ’ भन्ने अभिव्यक्ति गर्न बाध्य भएका थिए । त्यो वीरताको प्रशंसा गर्दै ‘मैले सगरमाथाको देश नेपाललाई चिनेको छु, त्यो भन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु’ भनेर अभिव्यक्ति दिने कमरेड माओ बाँचिरहेको भए अहिले आफ्ना उत्तराधिकारीहरूको यो साहस सौर्यको उच्चतालाई कुन शब्दले प्रशंसा गर्थे होलान् ? सायद त्यस्तो शब्दको अभाव पनि हुन सक्थ्यो ।
मुख्य कमाण्डरको सञ्चारसेटमा एउटा रिपोर्ट आउँछ–
‘सेकेन्ड ब्रिगेड आफ्नो आर्कमा सिघ्रातिसिघ्र अगाडि बढिरहेको छ । कैयौँ दुश्मन मरे, कैयौँ घाइते भए र कैयौँ भाग्ने प्रयास गरिरहेका छन् । दुश्मनको क्याम्प ध्वस्त हुनै लागेको छ । ठीक त्यसैबेला ब्रिगेड भिसि कमरेड योद्धाले अमरत्व प्राप्त गर्नुभयो ।’
आफ्नो प्यारो योद्धा, सफल कमाण्डर एक सपूतको उच्च सहादातको खबरले अत्यन्त मर्माहत र भावविह्वल हुँदै कमाण्डरको दृढ निर्देशन जान्छ–
‘लड्दै जानुस्, ध्वस्त पार्दै जानुस्, खरानी हुनेगरी, एक इन्च पनि पछि हट्ने ठाउँ छैन ।’
‘यस कमरेड, धन्दा नमान्नुहोस् सब काम तमाम हुनेछ ।’ उत्तिकै दृढ जवाफका साथ कुरा टुंगिन्छ । कुन बुलेटको टुप्पामा कस्को नाम कोरिएको छ, कस्ले कति लामो समय लडन्त गर्न पाउने छ, यो कुनै अन्दाज गर्न सकिने कुरा होइन । कुनै बुलेट ठीक कानकै आसपासबाट गुज्रन्छ त कुनै बुलेट छालाका पातला रौंहरू स्पर्ष गर्दै छुट्छ, तर मृत्युपूर्जी लिएर आउने मात्र एउटा बुलेटको आवश्यकता छ, त्यो कसको भागमा पर्छ, त्यो केवल ऐतिहासिक संयोग मात्र हो ।
‘बाहिरी सबै पोष्टहरू कब्जा गरिसकेर मेन पोष्टमाथि चढाई गर्ने क्रममा हाम्रो थर्ड ब्रिगेडका भिसि कमरेड बहुवीरले उच्च बलिदान गर्नुभयो ।’ आफ्नो सञ्चारसेटबाट मुख्य कमाण्डरलाई रिपोर्ट गरिरहेछन्, फिल्ड कमाण्डर ।
‘फाइनल हुनै लागेको छ, दुश्मनहरू पुरै एउटै पोष्टमा केन्द्रित छ, अन्धाधुन्ध र हायलकायल छ, हाम्रा योद्धाहरू अरिङ्गालजस्तै जाइलागेका छन्, मात्र आधा घण्टाको आवश्यकता छ ।’
‘ठीक छ, लडाइँलाई लम्ब्याउनुभन्दा छोट्याउने अधिकतम प्रयास गर्नुहोस्, सबै ब्रिगेडहरूको रिपोर्ट राम्रै छ, सबै मोर्चाहरू फाइनल हुँदै छन्, ओभर एण्ड आउट ।’ मुख्य कमाण्डरले सफलताको ढुक्क विश्वासका साथ निर्देशन गर्नुहुन्छ ।
बिहान उज्यालो हुँदै जान्छ । आकाशमा हेलिकप्टरको आवाज थपिँदै जान्छन् । ८१– एमएमका सेलहरू जथाभावी खसाउँछ । घर, सडक, खोला, भीर, पाखा, जङ्गगल यत्रतत्र सर्वत्र । रातभर एकदम कम मात्र क्षति भएको थियो । अब भने एक्कासी घाइते र सहादातको संख्या सापेक्षितरूपमा अधिक हुन थाल्यो । योद्धाहरू बोरीमा बालुवा भरेर लतार्दै अगाडि लगेर बङ्कर बनाउँदै छन् । स्वयम्सेवकहरू गोली र बमको धमाकाको बिचबाट घाइते र डेथबडीहरूलाई ब्याक गराइरहेछन् । यस्तो लाग्थ्यो सबैजना आफ्नो टाउको माथि घुमिरहेको मृत्युलाई हाकाहाकी चुनौती दिइरहेछन् र पहरेछाती खोलेर झुक्दै नझुक्ने ठाडो शिर अझ उँचो राख्दै तन, मन, बचन र कर्मको सही संयोजन गरिरहेछन् । बिहान ९ बजेसम्म लडाइँ जारी छ । कैयौँले गोलीको आपूर्ती गरिरहेछन् त कैयौँले जाम भएका हतियार साटफेर गरिरहेछन् । कब्जा भएका युद्ध सामग्रीहरू ओसारपसार गरिरहेछन् । आकाशमा हेलिकप्टरको संख्या र उसले गर्ने क्षतिमा बृद्धि हुँदै जान्छ । घाइते बोकेर जाने स्वयम्सेवकहरू ८१– एमएम गोलाको मारमा परेर स्वयम् घाइते तथा सहिद बनिरहेका छन् । निर्दोष निहत्था जनताको घरमा खसाइएको गोलाले सर्वसाधारणहरूको शव र घाइतेहरू यत्रतत्र सडकमा छरिएका छन् । उता जिप्रका पूर्णतः कब्जा भइरहेको छ । आर्मी, प्रहरी आत्मसमर्पण गर्दै छन् । डिएसपी, सिडिओहरू सहित ३७ जना सेना–प्रहरी युद्धबन्दी बनाइए । हतियार गोलीगठ्ठाहरू कब्जा गर्दै जम्मा गर्ने काम भैरहेछ । मुख्य ब्यारेक र सहायक ब्यारेक पनि कब्जा हुनै आँटेको छ । उता जिल्ला कारागार पनि कब्जा भैहाल्यो । तर अब जति धेरैबेर समय हामीले लिने छौँ, त्यति नै जनधनको क्षति हुने सम्भावना सेकेन्ड– सेकेन्डको हिसावले बढिरहेको थियो, किनकि आकाशबाट एकैपटक चारचारवटा हेलिकप्टरले अन्धाधुन्ध फायरिङ्ग र गोलाबारी गरिरहेको थियो । परिस्थितिमा देखिएको त्यो गम्भीरतम् अवस्थाले हामीलाई धेरै निर्मम र कठोर बनिरहन दिएन । जसको कारण कमभन्दा कम मात्र बचेको दुश्मनलाई कब्जा गर्ने तागत हामीसँग पुरापुर बाँकी हुँदाहुँदै पनि पूर्णतः कब्जा गर्न नपाई मुटु दबाएर फर्कनु प¥यो ।
आकाशमा गिद्धजस्तै हेलिकप्टरहरू अन्धाधुन्ध फायरिङ्ग र बमको वर्षा गर्दै गड्याङ र गुडुङको आवाजमा घुमिरहेको छ । जमिनी मार्गहरू म्याग्दी र बाग्लुङका सम्पूर्ण भूभाग कब्जा गर्दै आफ्ना घाइते कमरेडहरूलाई काँधमा बोकेर लडाइँबाट उपलब्ध हतियार, गोलीगठ्ठाहरूको साथमा युद्धबन्दी बनाइएका सिडिओ, डिएसपीलगायत सबै आर्मी पुलिसलाई लिएर जनसेनाहरू सानदार मार्चिङ गरिरहेछन् आफ्नो आधारक्षेत्रतिर, प्यारो लालबस्तीतिर । दुश्मनले खसाएको बमले कतै आगो लागिरहेछ, कतै भैँसीहरू मरिरहेछन्, बाटोघाटो भत्किएका छन्, रुख बिरुवाहरू ढलेका छन् । उसैको गोलाबाट युद्धबन्दीको मृत्यु हुन्छ । त्यो दृष्य देख्दा त कहिले चिनियाँ लम्बेअभियानको बमवर्षाको याद गराउँछ त कहिले बोल्सेभिक सेनालाई सताउने ‘छाता ओढेको सेनाको याद दिलाउँछ । मृत्युलाई त जितिइसकिएको छ । को डथ्र्यो र हेलिकप्टर र बमको धमाकाले । सरासर यात्रारत छ, रातामान्छेहरूको लावालस्कर ।
आकाश खुलेको छ । नौलो दिनमा, धौलागिरी मुस्काएको छ । विजयको प्यारो क्षणमा, छहराहरू छङछङको सङ्गीतमा डुबुल्की मारिरहेका छन् हर्षले । चीसो हावा सर्सराउँदै बहिरहेछ स्वच्छ पवनमा । अजेय धरतीपुत्रहरूको स्वागतमा मीठो सुवाससहित पर्खिरहेछन्– लालीगुराँसहरूले । चराहरू चिरविर–चिरविर, कुहु–कुहु आवाजसँगै विजयोत्सव मनाइरहेछन् नाच्दै डाली–डालीमा । स्वर्णीम बिहानीको आगमनसँगै हातमा फुलमाला र अबिर लिई, जनमुक्ति सेनाको स्वागतार्थ दौडिरहेछन् किसानहरू खेतका गर्हा अनि आलि–आलिमा ।
जुत्ता च्यातिएर खाली खुट्टा मार्चिङ गर्दै, स्लिपिङ्ग व्याग छुटेर नाङ्गै आङ रात कटाउँदै, घाइते सहयोद्धालाई कुममा अड्याउँदै, प्यारो राइफल र झोलालाई पिठ्युमा उचाल्दै, दुःख, पीडा र कठिनाइका ठूलठूला जङ्घार तर्दै, त्याग र बलिदान, साहस र सौर्यको त अजङ्ग पहाडहरू नै उभ्याउँदै अगाडि बढिरहेछन् जनसेनाहरू । सुन्दर शिशु जन्माउँने आमाले सहेको प्रसववेदनाजस्तै विकट दर्द खेप्नै पर्दथ्यो नयाँ इतिहासको सुरुआत गरेका क्रान्तिदूतहरूले ।जहाँ टेक्नेछ जनसेनाले, फुट्नेछ मूल क्रान्तिको त्यहाँ,जहाँ टेक्नेछ स्वेतसेनाले फाट्ने छ बम एम्बुसको त्यहाँ ।
दुश्मनको पहिलोपटक बटालियनस्तरको इन्जिनियरिङ्ग फोर्स ध्वस्त भयो । मनोबल निम्नस्तरसम्म गिर्यो । हायलकायल र भागाभाग भए विद्रोहको लहर चल्यो । एक÷दुई, एक÷दुई गरिकन हरेक क्याम्प र ब्यारेकहरूबाट । जनयुद्धको सिङ्गो रणनीतिमै विकास भयो, जनता, पार्टी र जनसेनाको मनोबल पीक प्वाइन्टमा पुग्यो । जताततै विजयोत्सवको आयोजना भयो, फुलमाला र अबिरले जनसेनालाई स्वागत गर्ने कार्य सबै क्षेत्र, जिल्ला र गाउँसम्म पुग्यो । देशव्यापी साना ठूला रेड, एम्बुस, भिडन्तहरू सफलतापूर्वक सम्पन्न हुँदै गए । इतिहासकै सबैभन्दा ठूलो भौतिक उपलब्धिहरू पनि प्राप्त भए । बेनी कार्वाहीको निरन्तरतामा गरिएका देशव्यापी विकेन्द्रित कार्वाही त्यसैको उच्चता र वैज्ञानिकताकै पुष्टि हुन् ।
फेरि एकवर्ष पछि फागुनको अन्त्यसँगै डिभिजन केन्द्रित कार्वाहीकै निम्ति मार्चिङ हुँदैछ । उसैगरी पोहोरजस्तै बाटाका दायाँबायाँ, भीरपाखा जङ्गगलहरूमा लालीगुराँस फूलिरहेछन् । डाँडाडाँडामा राता झण्डाहरू फहराइरहेका छन् । देउराली भञ्ज्याङ र बाटाहरूमा आकर्षक सहिदगेट, चौतारो निर्माण गरिएका छन् । हाम्रो जनसेनाका टुकडीहरू पनि उसैगरी केन्द्रित हुँदै छन् । आशा छ, जसले दियो जन्म नयाँ शिशुलाई, उसैले यसलाई पालन पोषण र थप विकास गर्ने भूमिका निर्वाह गर्नेछ । तिम्रै धरातलमा टेकेर सगरमाथाको उचाई छुने दृढ सङ्कल्पित छौँ, विश्वास छ, सफल हुनेछौँ । ‘संसार केवल हाम्रो हो ।’ सलाम बेनी !
Some Photo's Of Beni Attack
Source Google

Comrade : 'D'
Post a Comment