- Back to Home »
- गर्भमा छोरा या छोरी कसरी वन्छन् ?
![]() |
जीवनको शुरुवात गर्ने क्षमता क्रोमोजोम भन्ने कुरामा रहेको हुन्छ। हरेक जीवीत वस्तुको शरीरका कोषहरुमा एउटा निश्चित संख्याका क्रोमोजोमहरु रहेका हुन्छन्। यी क्रोमोजोमहरु जोडीमा मिलेर बसेका हुन्छन्। जस्तै हरेक सामान्य मानिसका कोषहरुमा ४६ वटा वा २३ जोडा क्रोमोजोमहरु हुन्छन्। त्यस्तै बिरालोको १९ जोडा, कुखुराको ३९ जोडा क्रोमोजोम हुन्छन्। तर फरक देखिनु क्रोमोजोम को सँख्यामा मात्र नभै त्यस्मा हुने जीनहरु मा पनि भर पर्छ।
क्रोमोजोमहरु हजारौ लाखौं जीनहरु मिलेर बनेका हुन्छन्, जसमा जीवीत वस्तुका विभिन्न गुणहरुका मेमोरी सम्झना बसेको हुन्छ। आँखा कस्तो हुने, कपालको रंग कस्तो हुने, कतिको अग्लो हुने, छालाको रंग कस्तो हुने जस्ता विभिन्न गुणहरु यिनै क्रोमोजोममा भएका जीनहरुले निर्धारण गर्छन्। र यी जीनहरु बच्चाहरुले आमाबुवाबाट पाउने गर्छन्, त्यसैले त साधारणतया बच्चाहरुमा आमाबुवाका जस्ता शारिरीक गुणहरु देखिन्छन्।
मानिसमा हुने २३ जोडा क्रोमोजोमहरुमा २२ जोडा अटोजोम र १ जोडा सेक्स क्रोमोजोमर हुन्छन्। अटोजोममा शरीरका विभिन्न गुणहरुको सम्झनार मेमोरी रहेको हुन्छ र त्यसैका आधारमा बच्चाको शरीरको निर्माण हुन्छ भने सेक्स क्रोमोजोममा मुख्यरुपमा बच्चाको लिङ निर्धारण गर्ने मेमोरी रहेको हुन्छ। महिलामा यो एक्स–एक्स र पुरुषमा एक्स–वाई रहेको हुन्छ।
यौनसम्पर्कको बेलामा पुरुषको वीर्यर महिलाको योनीमार्गमा छोडिन्छ। वीर्यमा करोडौंको संख्यामा शुक्रकिटहरुर हुन्छन्, जुन गएर महिलाको डिम्बाशयर बाट निस्केको डिम्बर सँग फेलोपियन ट्युवरमा मिल्छ। यसलाई फर्टिलाईजेसन वा डिम्ब निशेचन हुनु भनिन्छ। यही फर्टिलाइजेसन हुने बेलामा बन्ने नयाँ जाइगोट वा नयाँ जीवन एक्स–एक्स हुने वा एक्स–वाई हुने भनेर फैसला हुन्छ र त्यहीबाट शुरु हुन्छ छोरा वा छोरीको जन्म हुने कथा।
comments powered by Disqus


Post a Comment