Widgets

सुमिना घिमिरेफिल्म 'दुलही'मा घुम्टो ओढेर फिल्म क्षेत्रमा भित्रिएकी सुमिना घिमिरेको पहिरन उतार्ने क्रम जारी छ। यसअघि फिल्म 'नाइन ओ क्लक'मा बोल्ड रूपमा प्रस्तुत भएकी उनी फिल्म 'लभ फरेभर' मा झन् बोल्ड देखिएकी छिन्। यो फिल्ममा त उनी आफ्नोमात्रै होइन, पुरुषको कपडा पनि आफैँ खोलिदिन्छिन्। किनभने यसमा उनी बढी नै यौन प्यास भएकी युवतीका रूपमा प्रस्तुत भएकी छिन्। 

निर्देशक शंकर आचार्यका अनुसार 'लभ फरेभर'मा सुमिना निम्फोमेनियाबाट पीडित छिन्। यसको बिरामीमा अस्वाभाविक यौनचाहना हुन्छ। उनले त्यो अत्यधिक यौनप्यास तृप्त गर्न गर्ने हर्कत फिल्ममा समेटिएका छन्। उनको अपोजिटमा गजित विष्ट भने यौनशक्ति कम भएका पुरुषका रूपमा प्रस्तुत भएका छन्। असारको दोस्रो हप्ता रिलिज समय तोकिएको फिल्ममा निरज बराल, 'तितो सत्य'मा बाल कलाकारका रूपमा चर्चा कमाएका राज आचार्य पनि देखिनेछन्।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya