केही समय अघि नायिका बिनिता बरालको ‘सुपरहिट’ चलचित्रका निर्देशकसँगै सुटुक्क बिहे भएको खबरले सिने नगरी तात्यो । बिनितालाई उक्त हल्ला झुटो भएको स्पष्टिकरण दिदैमा हैरानी भएको थियो ।
नायिका बराल फेरी यस्तै हल्लाले चर्चामा आएकी छिन् । ‘सुपरहिट’ भन्दा अन्य सिनेमा हातमा नभएपनि बिनिताले ‘चपली हाइट’बाट कमाएको क्रेज गुमाएकी छैनन् । यसैले पनि होला दर्शकलाई उनका साना साना बिषयमा पनि धेरै चासो हुने गरेको छ । हालै मात्र एक म्यूजिक भिडियोका लागि सिन्दुरपोतेमा फोटोसुट गरेपछि विनिता चर्चामा छिन् । म्यूजिक भिडियोका मोडल आशुतोष आचार्यसँग दुलहीको पहिरनमा फोटोसुट गरेपछि बिनिता चर्चामा आएकी हुन् ।
फेसबुकमा बिनिता र आशुतोषको फोटो राख्दै धेरै फ्यानहरुले बधाई दिइरहेका छन् । कतिपयले बिनिताको बिहेले अचम्ममा पारेको लेखेका छन् । तर बिनिताले यो तस्बिर म्यूजिक भिडियोको लागि मात्र खिचेको बताएकी छिन् ।यो भिडियोका वास्तविक मोडल भने ‘चपली हाइट’ नायक आमिर गौतम हुन् । घरमा श्रीमान् हुँदा हुँदै पनि बाहिरी केटासँग सल्कने युवतीको बिषयमा भिडियो तयार भएको बिनिताले अनलाइनखबरलाई जानकारी गराइन् । ‘एकान्त रातमा भावना साट’ बोलको गीतको छायांकन मंगलबार गरिएको हो । भिडियोमा बिनिता र आमिरलाई रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।
Post a Comment