- Back to Home »
- कतारमा ४ महिनामा ६१ नेपाली मृत्यु
वैदेशिक रोजगारका सिलसिलामा कतार आएका विगत चार महिनामा ६१ नेपालीको ज्यान गुमेको छ । कतारस्थित दूतावासका अनुसार जनवरीमा ९ जना, फेब्रुअरीमा २० जना, मार्च १० जना, अप्रिलमा २० जना र मे महिनामा २ जनाले ज्यान गुमाएका छन् । आत्महत्या, सडक दुर्घटना तथा अन्य विभिन्न रोगका कारण ती ६१ जनाको ज्यान गएको दुतावासले बताएको छ ।
मृत्यु हुने ६१ मध्ये ३१ जनाको ज्यान हृदयघातबाट मात्र भएको दुतावासले जनाएको छ । यस्तै, १० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । भने, अन्यले कार्यस्थल दुर्घटना, ब्रेन डेथ र उच्च रक्तचापका कारण ज्यान गुमाएका छन् । आत्महत्या गर्ने एक जना छन् । नेपाली कामदारमा सुतेको सुत्यै ज्यान जाने घटना सबैभन्दा धेरै रहेको दुतावासले जनाएको छ ।
comments powered by Disqus
Post a Comment