- Back to Home »
- उडन्ते कार दुर्घटनामा दुईजना घाईते
क्यानडाको प्राथमिक विद्यालय अगाडि निकै ठुलो आवाजका साथ केही खस्यो । सबै मानिस त्यतै तिर लागे, के भयो, के खस्यो भन्ने कौतुहलता सबैमा थियो । मानिसहरू उक्त स्थानमा पुग्दा एउटा ठुलो कपडाले केही छोपिएको अवस्थामा देखीयो । ओहो के रहेछ, भन्दै सकेसम्म नजिक जाने प्रयासमा थिए मानिसहरू । तर, त्यहाँ प्रहरी नआइकन जाने हिम्मत कसैले गरेन । के रहेछ भन्ने कौतुहल बाँकी नै रह्यो । केहीबेरपछी प्रहरी आयो र उक्त कपडा हटाएपछी बल्ल थाहा भयो की त्यो त हावामा उड्ने कार रहेछ ।
उक्त कारमा दुई जना मानिस रहेको पनि जनाइएको छ । उनीहरू उक्त दुर्घटनाबाट सामान्य घाइते भएका छन् । उनीहरुका अनुसार उक्त कारलाई घूमाएर जमिनमा झार्न खोज्ने क्रममा ब्यालेन्स नमिल्दा भूईमा खसेको थियो ।
comments powered by Disqus

Post a Comment