- Back to Home »
- nepali »
- १०६ वर्षको उमेरमा उच्च शिक्षा हासिल
Posted By : Govinda Baniya

फ्रेड बुट्लर (Fred Butler) ले कक्षा ८ मा पढ्दा पढ्दै आफ्नो आमा र भाइ बहिनी सघाउन आफ्नो स्कुले जीवनको अन्तय गरे । त्यो समयमा उनलाई लागेको थियो कि अब उनको पढ्ने अबसर गुमिसक्यो र उनले कहिल्यै पनि उच्च शिक्षा हासील गर्न पाउने छैनन् । तर भाग्य भनौ या उनको मिहिनेत र लगाब, उनले आफ्नो सपना ९० वर्ष पछी १०६ वर्षको उमेरमा आएर साकार बनाउन सफल भए । आफुले उच्च शिक्षा हासिल गरेकोमा उनि धेरै नै खुसी छन् ।
उनले आफ्नो स्कुल छोडेर प्रिन्ट सपमा (print Shop) काम गर्न थाले । उनले यस अबधिमा धेरै कामहरु गरे । उनले दोस्रो विश्व युद्धमा अमेरिकी सैनिक भएर युद्ध समेत गरे । उनि city’s water departmentमा समेत आबद्ध थिए । उनले त्यहाँ सन् १९७५ सम्म आफु रिटाएर नहुदा सम्म सेवा गरेका थिए । उनि अहिले wheel chair मै बस्न बाध्य छन् ।
comments powered by Disqus
Post a Comment