Widgets


यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ ।
संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।
हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् ।
हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् ।
वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताउका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ । सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो ।
यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ ।
हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् ।
चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् । यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ ।
यद्यपी अहिलेसम्म ‘एच ०४१’ कारण कोही–कसैको मृत्यु भएको मामिला भने बाहिर आईसकेको छैन । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् ।
जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ । –एजेन्सीको सहयोगमा ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya