Widgets

Posted By : Govinda Baniya

light bulb
काठमाडौ, वैशाख २० - नेपाल बिद्युत प्राधिकरणले अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घटाउने भएको छ । केही दिनको बर्षाका कारण नदिहरुमा पानीको मात्रा बढेकाले बिद्युत उत्पादन बढेको प्राधिकरणको भनाई छ ।
प्राधिकरण स्रोतका अनुसार अर्को हप्तादेखि दैनिक ८ घण्टा मात्रै लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक हुनेछ । अहिले दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा केही दिनयता घोषित् भन्दा कम बिद्युत कटौती गर्दै आएको प्राधिकरणको भनाई छ ।
अहिले देशभर एकहजार मेगावाट भएपनि ५ सय ८० मेगावाट मात्रै बिद्युत आपूर्ति भइरहेको छ । नेपालले भारतबाट एकसय ७० मेगावाट बिद्युत किनिरहेको छ ।
देशमा तत्कालै नयाँ जलबिद्युत आयोजनाहरु बनिहाल्ने अवस्था नभएकाले सुख्या याममा अझै कम्तिमा ५ बर्षसम्म नेपालले लोडसेडिङ भोग्नु पर्नेछ ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya