Widgets

Posted By : Govinda Baniya


२० वैशाख, काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचतारे होटल निर्माणको प्रस्ताव गरेको छ । विमानस्थलनजिक स्तरीय होटलको आवश्यकतालाई महसूस गरिएकाले यस्तो प्रस्ताव गरिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार पर्यटकीय सेवा र सुविधाका लागि एयरपोर्ट होटल आवश्यक देखिएको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना क्षेत्रमा रहेको जग्गामा होटल निर्माणका लागि अर्थ मन्त्रालय समक्ष अनुमित मागेको छ । अर्थले अनुमति दिएमा विस्तृत सम्भाव्यता अध्ययन गरिने र छिट्टै निर्माण कार्य अघि बढाईने प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएको अभियान दैनिकमा खबर छ ।
प्राधिकरणले निजीक्षेत्रसँग सहकार्य गरी होटल निर्माणको प्रस्ताव गरेकेा बताएको छ । प्राधिकरणका अनुसार निर्माण सञ्चालन र स्वामित्व हस्तान्तरण मोडलमा होटल निर्माण गरिने छ । प्राधिकरणले सरकार मातहतकै संस्थान भएकाले आर्थिक भार पर्ने विषयमा अर्थको सहमति आवश्यक परेको हो ।










Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya