- Back to Home »
- दाईजो माग्ने बेहुलालाई ३५ हजार जरिवाना
लमजुङको चण्डीस्थान ३ मा दाईजो माग्ने बेहुलालाई माइती पक्षले छोरी दिन अस्वीकार गरेका छन् ।लमजुङ चिती ६ कार्कीडाँडाका दीपेन्द्र सिलवालले दाईजोको रुपमा मोटरसाईकल मागेपछि माईती पक्षले आफ्नी छोरी दिन अस्वीकार गरेका हुन् ।घटना गएको शनिबारको हो । दाईजो नपाएको भन्दै बेहुला पक्षले विवाह रद्द गरेपछि स्थानीय समूहले उनीहरुलाई जरिवाना समेत तिराएका छन् ।दाईजो माग्नेलाई ३५ हजार रुपैयाँ जरिवाना गरेको र त्यो रकम सामाजिक काममा लगाउने आमा समूहले निर्णय गरेको छ । छोरीको बिहे स्थगित गरेका चण्डिस्थान ३ का रामबहादुर भण्डारीले दाइजो सामाजिक कलंक भएकोले मोटरसाइकल नदिने अडान लिएको बताउनुभयो ।
-उज्यालो
-उज्यालो
comments powered by Disqus
Post a Comment