- Back to Home »
- nepali »
- यौन उत्तेजना कम हुनुको कारण के हो ?
यौन उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन्। विशेष गरेर महिलाको सन्दर्भमा भन्ने हो भने पाठेघर वा वरिपरी संक्रमण भएर यौनसम्पर्क नै पीडापूर्ण हुने भएकाले महिलाले यौनसम्पर्क गर्ने कुरामा रुचि कम हुँदै जाने नै भयो। केही दीर्घरोगको पनि यस्तो प्रभाव पर्न सक्छ। तपाईंले पत्रमा त्यस्तो कुनै कुरा उल्लेख गर्नुभएको छैन। अर्कातिर यौन क्रियाकलापमा संलग्न हुन नसक्नुका मानसिक कारण हुन सक्छन्। यौनप्रतिको गलत मानसिकता त्यसको एउटा प्रमुख कारण हुनसक्छ। यौन क्रियाकलाप नै खराब हो भन्ने प्रभाव कसैलाई परेको छ भने ऊ सहजै यौनक्रियाकलापमा संलग्न हुन सक्दैन। यौनसम्बन्धी मूल्य-मान्यताको विकास हुँदा यदि मनमा गहिरो प्रभाव परेको छ भने यसलाई परिवर्तन गर्न सकिन्न, तर तपाईंले यस्ता कुरा पनि भएको संकेत दिनुभएको छैन। कतिपय स्थितिमा आफैंभित्र मानसिक विरोधाभास भए यस्तो परिस्थिति आउन सक्छ। त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा जोडीबीचको तनाव आदि यसका कारण हुन सक्छन्। तपाईंलाई नै यस विषयमा सबैभन्दा बढी थाहा हुने भएकाले त्यसैअनुसार समाधानको बाटो खोज्नुपर्ने हुन्छ। अन्य कुनै रोगको उपचारका क्रममा कुनै औषधी प्रयोग गरिएको छ भने त्यसको यौन क्रियाकलापमा प्रभाव हुने खालको छ वा छैन पनि विचार गर्न नबिर्सनुहोला।comments powered by Disqus

Post a Comment