- Back to Home »
- आर्थिक मन्दीले बेलायती यौनकर्मीको भाउ घट्यो
इंल्यान्डलगायत युरोपेली देश अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेका छन् । अनि यसको असरले सर्वसाधारणलाई मात्र होइन, त्यहाँका यौनव्यवसायीको पेसागत जिन्दगी पनि प्रभावित पारेको छ ।
वेस्ट मिनिस्टर सिटी काउन्सिलको रिपोर्टअनुसार खराब आर्थिक स्थितिका कारण यौनकर्मीहरू ग्राहकको यौनप्यास मेटाइदिएबापत विगतका तुलनामा थोरै पैसा लिन बाध्य भएका छन् । उनीहरूको ‘यौनपसल’ सस्तिएको छ ।
रिपोर्टका अनुसार यौनकर्मीको आम्दानी घटेको मात्र होइन, यसबाट उत्पन्न परिस्थितिका कारण उनीहरूको असुरक्षा पनि बढ्दै गइरहेको छ । ग्राहकको संख्यामा कमी आएर कमाइको स्तर गिर्न थालेपछि उनीहरू जस्तापायो त्यस्ता ग्राहकलाई भाउ दिन बाध्य भएका छन् । चाहे ती जतिसुकै खतरनाक वा फोहोरी किन नहुन् । यस्ता ग्राहकको फन्दामा पर्दा पछिल्लो समय उनीहरू लुटिने, बलात्कृत हुने र यौनप्यास बुझाइदिएर पनि पैसा नपाउने समस्याले घेरिन थालेका छन् । उनीहरू यौनहिंसा र चोरीको सिकार हुने सम्भावना अझ बलियो हुँदै छ ।
सामान्यतया विश्वभरि नै ‘वेश्या’ हरू आफूमाथि हुने कुनै पनि खाले अपराधको प्रहरीमा उजुरी गर्न हच्किन्छन् । यसकारण प्रहरीमा यस्ता केस विरलै पुगिरहेका हुन्छन् । मानिसहरूमा गलत मानसिकता हाबी भएको छ– ‘पेसा नै त्यस्तै भएकालाई बलात्कारको के पीडा र ?’ यही कारण हो, यौनकर्मीहरू आफूमाथि हुने हरेक ज्यादती आफैँभित्र गुम्स्याएर बस्न विवश हुन्छन् । मानौँ, थुप्रै अधिकारकामी आवाजहरूका भीडमा यौनकर्मीको अधिकारको कुनै मूल्य छैन ।
लन्डनका काउन्सर इयन राउली भन्छन्– ‘मागमा कमी तर यौनकर्मीको संख्या तुलनात्मक रूपमा बढी हुँदा यौनसम्पर्कको मूल्य घट्दै गएको छ, यो गिरावट यौनकर्मीको शिरमा खतरा बनेर मडारिन थालेको छ ।’ पछिल्ला केही वर्षदेखि लन्डनमा यौनकर्मीको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको थियो । पूर्वी युरोप, चीन, थाइल्यान्ड तथा ब्राजिलसम्मका केटीहरू लन्डनको यौन–उद्योगमा मिसिन आइपुगेका छन् । रिपोर्टमा उल्लेख छ– ‘यौनकर्मीसँगको बातचितबाट उनीहरूको ‘रेट’ मा पछिल्ला केही वर्षदेखि ५० प्रतिशतसम्मले गिरावट आएको पत्तो लागेको छ ।

वेश्यालयमै पुगेर यौनसेवा दिने महिलाले प्रतिघन्टा २० पाउन्ड यानि २५ सय रुपियाँ कमाउँछिन् । एक सिफ्टमा उनले ६ ग्राहकलाई चित्त बुझाउनुपर्छ । जबकि विज्ञापनमार्फत ग्राहकको रुचिअनुसार छानिएकी महिलाले प्रतिघन्टा २ सय पाउन्ड कमाउँछिन् ।
कतिपय अवस्थामा वेश्यावृत्ति लन्डनको बाध्यात्मक अनि वैकल्पिक पेसा पनि बन्ने गरेको पाइएको छ । सन् २०११ मा द इंलिस कलेक्टिव अफ प्रस्टिच्युट्स नामक संस्थाले आफ्नो रिपोर्टमा यस्तो लेखेको थियो– ‘आफ्नो दैनिक खर्च चलाउन ब्रिटेनी विद्यार्थीहरू यौनधन्दा गरिरहेका छन् ।’ एजेन्सी

comments powered by Disqus
Post a Comment