Widgets

sex-with-exभारतको चेन्नईमा इन्जिनियरिङ अध्ययन गरीरहेका तीन छात्राले यौन उत्पीडन र बलात्कार रोक्न एउटा विशेष अन्तर्वस्त्र निर्माण गरेका छन्। भारतीय सहर चेन्नईको एसआरएम विश्वविद्यालयमा अध्ययनरत तीन छात्रा मनीषा मोहन, रिम्पी त्रिपाठी र निलाद्री बसुले महिलालाई बलात्कारबाट बचाउने अन्तर्वस्त्र विकास गरेका हुन्। ती छात्राको नौलो आविष्कारका लागि उनीहरूलाई गान्धीयन यङ अवार्ड समेत प्रदान गरिएको छ।
उक्त अन्तर्वस्त्र पहिरिने महिलाको अंग छुने व्यक्तिलाई ३८०० किलोवाट बराबरको विद्युतीय झट्का लाग्छ। तर बिजुलीको झट्काबाट मानिसको मृत्यु नै भने हुँदैन। यसबाहेक उक्त अन्तर्वस्त्रमा जडान गरिएको जिपिएस प्रणालीले पीडितको परिवार र प्रहरीलाई समेत सूचना पठाउँछ।
अहिले नै यो अन्तर्वस्त्र व्यावसायिक रुपमा बजारमा उपलब्ध छैन र नमुना मात्र विकास गरिएको छ। तर उक्त अन्तर्वस्त्र विकास गर्ने तीन छात्राले व्यावसायिक उत्पादनका लागि उनीहरूसँग लगानीकर्ताले सम्पर्क गरेको बताएका छन्।
तीन छात्रामध्ये एक मनीषा मोहनले उक्त एन्टी रेप अन्तर्वस्त्रमा एउटा प्रेसर सेन्सरलाई बिजुली प्रवाह गर्ने विद्युतीय सर्किटमा जोडेर जडान गरिएको बताइन्। उनले अधिकांश बदमाश महिलाको वक्षस्थलमा हात हाल्ने भएकाले अन्तर्वस्त्रमा निश्चित सीमाभन्दा बढी दबाब परेपछि दबाब दिनेलाई विद्युतीय झट्का लाग्ने बताइन्। साथै अन्तर्वस्त्रले पीडित महिलाको परिवार र प्रहरीलाई समेत सूचना पठाउने उनले बताइन्।
अन्तर्वस्त्रको सबैभन्दा अचम्मलाग्दो विशेषता भनेको पहिरिने महिलालाई यसबाट उत्पन्न हुने बिजुलीको झट्का नलाग्नु हो। अन्तर्वस्त्रको बाहिरी तहले विद्युतको सुचालकको काम गर्छ भने भित्री तहले विद्युतरोधी इन्सुलेटरको काम गर्छ।


चन्डिगढकी मनीषाले आफू उच्च अध्ययनका लागि चेन्नईतर्फ प्रस्थान गर्दा बुवाको आँखामा उनको सुरक्षाबारे चिन्ता स्पष्ट देखिन्। त्यसपछि राजधानी नयाँ दिल्लीमा भएको सामूहिक बलात्कार कान्डपछि उनलाई बलात्कार रोक्न केही न केही गर्नैपर्छ भन्ने लाग्यो। साँझ अबेरसम्म काम गर्नुपर्ने महिलासँग कुनै यस्तो यन्त्र हुनुपर्छ जसले आफूलाई सुरक्षित बनाउन सकोस् र उनीहरूलाई सुरक्षाको अनुभूति दिन सकोस् भन्छिन् उनी। यसपछि नै उनीहरूलाई यस्तो अन्तर्वस्त्र निर्माण गर्ने सोच आएको बताउँछिन् उनी।
हाम्रो समाजका अधिकांशले बलात्कार पीडित महिलालाई आवश्यक पर्ने ढाढस् त दिँदैनन् नै समर्थन समेत गर्दैनन् भन्छिन् मनीषा।
अहिले जताततै बलात्कार बढीरहेका बेला महिला सशक्तिकरणका लागि समेत यस्ता यन्त्र निर्माण गर्नुपर्ने आवश्यकता देख्छिन् मनीषा। मनीषा अन्तर्वस्त्र उत्पादन र बिक्रीमा भारत सरकारले अनुदान दिओस् भन्ने चाहन्छिन्। दुर्गम र ग्रामीण महिलाले सुलभ रुपमा अन्तर्वस्त्र उपलब्ध गराउने मनीषाको मुख्य उद्देश्य छ।
गाउँमा महिला सुतेका बेला राती घरबाटै अपहरण गरी बलात्कार हुनु सामान्यजस्तै भएका बेला मनीषा इज्जत बचाउन सक्ने अन्तर्वस्त्र ती ग्रामीण महिलालाई उपलब्ध गराएपछि मात्र आफ्नो उद्देश्य पूरा हुने बताउँछिन् मनीषा। अहिले नमुना मात्र तयार भएको अन्तर्वस्त्रको व्यावसायिक उत्पादन अधिकार खरिद गर्न लगानीकर्ताले आफूसँग सम्पर्क गरेको बताउँछन् यी छात्राहरू।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya