- Back to Home »
- 'टीभी धेरै हेर्ने पुरुषमा शुक्राणु कम''

''प्रतिसाता २० घन्टाभन्दा अधिक समय टेलिभिजन हेर्ने पुरुषमा निकै कम टेलिभिजन हेर्ने वा हेर्दै नहेर्ने व्यक्तिको तुलनामा शुक्राणुको संख्या आधा हुने गरेको मंगलबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा भनिएको छ ।'' अमेरिकी अनुसन्धानकर्ताहरूले यसका लागि १८ देखि २२ वर्ष उमेर समूहका १ सय ८९ युवकलाई उनीहरूको शारीरिक अभ्यास, खाना तथा टीभी हेर्ने बानीका विषयमा प्रश्न गरेका थिए । यसपछि उनीहरूको शुक्राणुको नमुना लिइएको थियो । अनुसन्धानमा प्रतिसाता २० घन्टाभन्दा बढी टीभी हेर्ने युवकमा निकै कम हेर्ने वा हेर्दै नहेर्ने युवकको तुलनामा ४४ प्रतिशत कम शुक्राणु फेला परेको थियो । शुक्राणु कम हुनुको प्रमुख कारण युवकले गर्ने शारीरिक अभ्यास पनि परेको बताइएको छ । यो अनुसन्धान प्रतिवेदन बि्रटिस जर्नल अफ स्पोर्टस मेडिसिनमा प्रकाशन भएको छ । प्रतिसाता १५ वा त्योभन्दा बढी घन्टा शारीरिक अभ्यास गर्ने युवकमा प्रतिसाता ५ घन्टाभन्दा कम शारीरिक अभ्यास गर्ने युवकमा भन्दा ७३ प्रतिशत बढी शुक्राणु देखिएको छ ।''
शुक्राणुको मात्रा निकै कम हुने पुरुषले महिलालाई सन्तान जन्माउन सहयोग गर्न सक्दैन् । अन्य धेरै मुलुकमा गरिएको अध्ययनमा हाल धेरै दशकपछि शुक्राणुको गुणस्तर घट्न थालेको देखिएको छ । यसको वास्तविक कारण हालसम्म फेला पर्न सकेको छैन तर पनि वैज्ञानिकहरू मानिसको जीवनशैलीमा भएको परिवर्तनका कारण यस्तो भएको अनुमान गरेका छ् ।
अध्ययनमा म्यासाचुसे्सको हावार्ड स्कुल अफ पब्लिक हेल्थका पोषण तथा रोग संक्रमणका सहायक प्राध्यापक जर्ज चारेभो पनि संलग्न थिए ।''
comments powered by Disqus
Post a Comment