- Back to Home »
- चुनावी मन्त्रिहरुबिचमै झगडा

मन्त्रिपरिष्दको आकस्मिक रूपमा बसेको बैठकले सरकारको विरोधमा रहेका दलहरूलाई वार्तामा बोलाउने निर्णय गरेको छ । निर्वाचनको मिति तय गर्ने सम्भावना रहेको बताइएपनि त्यसबारे कुनै निर्णय भने हुन नसकेको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । मन्त्रिपरिष्दले आकस्मिक रूपमा बोलाएको बैठकमा निर्वाचनका मितिका विषयमा केहीबेर छलफल भएपनि त्यसबारे भने कुनै निर्णय नभएको बताइएको छ ।
बैठकमा लोकमानसिंह तथा निर्वाचनका मितिका विषयलाई लिएर मन्त्रिहरूबीच विवाद भएको बताइएको छ । लोकमानसिंहलाई अख्तियार दुरूपयोग आयोगमा नियुक्त गरिएको विषय तथा निर्वाचनको मिति तय गर्न नसकेको विषयमा केही मन्त्रीहरूले असन्तुष्टी जनाएपछी बैठक केहीबेर तनावपूर्ण बनेको थियो । लोकमानका विषयमा त दुई मन्त्रीबीच निकै चर्काचर्की नै भएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
निर्वाचनको मिति चाडो भन्दा चाडो तय गर्न चौतर्फी दवाव आइरहेका बेला बोलाइएको आकस्मिक बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना निकै बलियो रहेको संकेत वालुवाटार स्रोतले दिएपनि त्यस विषयमा भने कुनै टुङ्गो लाग्न सकेन ।
comments powered by Disqus
Post a Comment