Widgets


वन्यजन्तु संरक्षणमा जागरूकता ल्याउन युवा संरक्षण दूत तथा मिस नेपाल २०१३ इशानी श्रेष्ठ यहाँका किसानका घरघरमा पुगेकी छिन्। उनी किसानका घरमा गएर जलवायु परिवर्तनले पारेको असर, त्यसले पार्ने प्रभाव तथा वन्यजन्तुको संरक्षणका लागि उनीहरूलाई सचेत गराउन किसानका घरमा पुगेकी हुन्। जिल्लाको धैबुङ-९ स्थित जिबजिबेको दुर्गा देवकोटाको आधा रोपनी बारीमा लगाइएको गोलभेंडा गोड्मेल गरेर संरक्षण दूत श्रेष्ठले प्रोत्साहित गरेकी हुन्। लाङटाङ राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिबजिबेमा जलवायु परिवर्तनले स्थानीय किसानलाई पारेको असरका बारेमा उनले अन्तरक्रिया समेत गरिन्। 

'विकसित देशहरूले उत्सर्जन गरेको कार्बनले नेपाललाई असर पारिरहेकोले छ, श्रेष्ठले भनिन्- त्यसको असर यहाँका किसानले भोग्नुपरेको छ, त्यसलाई रोक्न पहल गर्नुपर्छ।' डब्लुडब्लुएफले विगत पाँच वर्षदेखि मिस नेपाललाई युवा संरक्षण दूत बनाएर जैविक विविधता, वातावरण संरक्षण र वन्यजन्तुको संरक्षणका लागि निकुन्ज क्षेत्रमा अवलोकन भ्रमण गराएर सचेतना फैलाउने कार्य गर्दै आएको छ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya