- Back to Home »
- बिहे नगरेर सुखी भए राजेश
अभिनेता राजेश हमालले यो उमेरमा पनि विवाह नगरेकोमा चिन्ता गर्नेहरू प्रशस्तै छन् । उनका सहकर्मीदेखि दर्शकसमेतले मौका पर्दा भनिहाल्छन्— ँबिहे गर्नुस्, अब त ढिला भयो ।’ तर उनकै एक सहकर्मी अभिनेत्रीले भने अभिनेता हमालले विवाह नगरेर राम्रो गरेको धारणा व्यक्त गरेकी छिन् । तीन दर्जनभन्दा बढी चलचित्रमा राजेशको जोडी भएर काम गरेकी करिष्मा मानन्धरले राजेशको एक्लो जीवनको प्रशंसा गर्दै भनिन्— ँउहाँले किन विवाह गर्नुभएन म सो ध्दिनँ तर उहाँ मभन्दा धेरै सुखी हुनुहुन्छ ।’ केही वर्ष अमेरिका बसेर आएकी करिष्माले त्यहाँ पुगेपछि जीवनका बारेमा यावत् पक्ष बुझेको बताउँदै भनिन्— ँविवाहले मानिसलाई दुःखी बनाउँछ ।’ यदि विवाह नगरी बसेको भए आफू अहिलेभन्दा धेरै सुखी हुन सक्ने धारणा उनको थियो ।
करिष्माको अनुभवले भन्छ, ँअविवाहित मानिस स्वतन्त्र हुन्छ, जहाँ भन्यो त्यहीं जान पाउँछ, जुन राजेशले उपभोग गरिरहेका छन् ।’ छ वर्ष अमेरिका बसेपछि नेपाल आएकी करिष्मा अब धेरैजसो यतै बस्ने अभियानमा छिन् । नेपाल बस्नुपर्ने बाध्यता विवाहकै कारण आइपरेको उनले बताइन् । ँमलाई हेर्नुस् न, मलाई श्रीमान्, छोरी र सासू-ससुराको माया लाग्छ । यदि एक्लै हुँदो हुँ त केही फरक पर्दैनथ्यो ।’
comments powered by Disqus

Post a Comment